Non-Resident Nepali Association (NRNA) was established with the purpose of uniting and binding the Nepali Diaspora under one umbrella on 11 October, 2003. In the course of completing 12 years of its existence NRNA has developed into a non-governmental global organization and a network of Nepali origin by establishing National Coordination Council (NCC) in 82 countries to represent its interests, concerns and commitments.
सन् ८ जनवरी २०१८ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र महासचिव डा. बद्री केसीले २० जुन २०१६ का दिन अफगानीस्तानको काबुल स्थित क्यानाडा दूतावस नजिकै तालिवानको आक्रमणमा परी १३ जना नेपाली सुरक्षा गार्डहरुले ज्यान गुमाएका मध्ये ११ जना मृतकका परिवारलाई जनही रु १ लाखको चेक गैरआवासीय नेपाली संघको सचिवालयमा हस्तान्तरण गर्नु भयो ।
सो कार्यक्रममा संघका महासचिव डा बद्री केसीले सर्वप्रथमतः मृतकका परिवारहरु समक्ष समवेदना प्रकट गर्दै विदेशमा रहेका नेपालीहरुले संकलन गरेर सहयोग स्वरुप पठाएको रकम सदभाव स्वरुप हस्तान्तरण गरिएको बताउनु भयो । उहाँले बाँकी रहनु भएका २ जनाको सहयोग रकम सचिवालयमा रहेको र उहाँहरु आवश्यक कागजात लिई सचिवालय आएमा सो रकम हस्तान्तरण गरिने बताउनु भयो ।
कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष भवन भट्टले त्यस विभत्स घटनामा दिवगंत भएका गैरआवासीय नेपालीहरुका परिवारहरु समक्ष हार्दिक समवेदना प्रकट गर्दै सहयोग रकम लिन आउनु भएकोमा हार्दिक आभार प्रकट गर्नु भयो । उहाँले यस संघ वैदेशिक रोजगारमा गएका नेपालीहरुको सुःख दुःखमा जहिले पनि संग संगै रहेको र भविष्यमा पनि उहाँहरुको हकहितमा कार्यरत रहने बताउनु भयो । यसका साथै उहाँले नेपालको समृद्धिमा हातेमालो गर्न पनि आह्वान गर्नु भयो ।
यस कार्यक्रममा रसीयाबाट प्रतिनिधि गर्नु हुने आईसिसिस सदस्य डा. एकनारायण चापागाई, एनआरएन एकेडेमीका संयोजक डा. प्रमोद ढकाल र सचिवालयको सहभागीता रहेको थियो ।