News

  • Home
  • News
  • भोजपूर टक्सारका आगलागी पीडितलाई एनआरएनएद्वारा २५ बण्डल जस्तापाता वितरण

भोजपूर टक्सारका आगलागी पीडितलाई एनआरएनएद्वारा २५ बण्डल जस्तापाता वितरण



गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भोजपुर नगरपालिका–१२ टक्सारस्थित मालबाँसेका आगलागी पीडितहरूलाई राहत प्रदान गरिएको छ । आगलागी पीडित स्थानीयहरूलाई एनआरएनएको तर्फबाट अस्थायी आवास निर्माणका लागि २५ बन्डल (५ परिवारका लागि) जस्तापाता प्रदान गरिएको हो । नगरप्रमुख कैलाश कुमार आलेमार्फत राहत  उपलब्ध गराइएको हो ।
 
 परोपकार तथा मानवीय सहायता विभागमार्फत संघले आगलागीजन्य विपद् प्रभावितका लागि सहयोग सुरु गरेको हो । नगर प्रमुख कैलाश कुमार आलेले सहयोगी संस्था एनआरएनएलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय नगर क्षेत्रमा भएको यो ठुलो विपद् हो । यो उदाहरणीय कार्य हो । यसरी नै विपदमा सबै एकजुट भएर आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्दछ ।”
 
संघका अध्यक्ष डा बद्री केसीले संघले विपद्मा परेका टक्सारबासीलाई परेको पीडामा थोरै भएपनि मलम लगाउन पाएको बताउनुभयो ।