News

  • Home
  • News
  • परोपकारी परियोजना अन्तर्गत सहयोग रकम हस्तान्तरणः

परोपकारी परियोजना अन्तर्गत सहयोग रकम हस्तान्तरणः



मिति सन् २०१८ १ जनवरीका दिन गैरअआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्सको सहयोगार्थ प्राप्त रकम रु ८,९२,४४५/- (आठ लाख बयान्नब्बे हजार चार सय पैंतालिस मात्र) स्व. प्रदिप राना मगरका बुवा विष्णु वहादुर राना मगरलाई आज सचिवालयमा हस्तान्तरण गरियो ।
श्री प्रदिप राना मगर फ्रान्समा लामो समय देखि बस्दै आउनु भएको र रोगको कारणले उहाँको मृत्यु २४ नोभेम्वर २०१७ का दिन फ्रान्समा भएको थियो । उहाँको शब ५ डिसेम्वरका दिन पेरिसबाट नेपाल पठाईएको थियो ।
सहयोग हस्तन्तरण गर्नु भएकोमा मृतकका बुवा विष्णु वहादुर राना मगरले  गैरआवसीय नेपाली संघका साथै राष्ट्रिय समन्वय परिषद् फ्रान्स प्रति हार्दिक आभार प्रकट गर्नु भयो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्सले परोपकारी कार्यहरु गरी संघको अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।
गैरआवासीय नेपाली संघ सचिवालय ।