News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युकेद्वारा सहयोग प्रदानः

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युकेद्वारा सहयोग प्रदानः



आज सन् २६ जनवरी २०१८ का दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युकेका उपाध्यक्ष तथा आपतकालिन राहत कोषका संयोजक सुशीला राईको संयोजकत्वमा संकलन गरिएको परोपकारी सहयोग रकम रु. ५ लाख १ हजारको चेक ब्लड क्यान्सरबाट पिडित ४ वर्षिय बालिका कृष्टीना सुनुवारको उपचारको लागि उनका बुवा निरकुमार रुप्चालाई नर्भिक अस्पतालमा हस्तान्तरण गरियो ।

यस हस्तान्तरण कार्यक्रममा युकेका आइसिसि सदस्य सुषमा राई, कुवेतका आईसिसि सदस्य अमित चाम्लिंग राई, आइसिसिका निवर्तमान सचिव अर्जुन श्रेष्ठ, राष्ट्रिय समन्वय परिषद् बेल्जियमका उपाध्यक्ष कमल पन्थी, संचारकर्मीहरु र सचिवालयको सहभागीता रहेको थियो ।

गैरआवासीय नेपाली संघ सचिवालय ।