१०७औं अन्तर्राष्ट्रिय नारी दिवसको र्यालीमा सहभागीता
नेपाल सरकार महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको अग्रसरतामा यस वर्षको १०७औं अन्तर्राष्ट्रिय नारी दिवस “महिला सम्मानको आधार: सीपयुक्त हात र स्वरोजगार” भन्ने राष्ट्रिय नाराका साथ विविध कार्यक्रमहरुको आयोजना गरेर मनाईदैछ । यस अवसरमा आज विहान भृकुटीमण्डपबाट प्रहरी व्याण्डबाजा सहित निस्केको र्याली शहिद गेट हुंदै रत्नपार्कको शान्तिबाटिकामा गएर विसर्जन भएको थियो । त्यहां एक नाटकको आयोजना गरिएको थियो । तत् पश्चात नेपाल सरकारका प्रतिनिधि र सरोकारवाला संघ संस्थाहरुले १०७औं अन्तर्राष्ट्रिय नारी दिवस बारेमा मन्तव्य दिएका थिए ।
आजको यस कार्यक्रमम गैरआवासीय नेपाली संघका महिला संयोजक सपीला राजभण्डारी, महिला उपसंयोजक रजनी प्रधान, गैरआवासीय नेपाली संघ सचिवालय, विभिन्न सरोकारवाला संघ संस्थाहरु र संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
गैरआवासीय नेपाली संघ महिला फोरम ।
२०७३ फाल्गुण २५