News

  • Home
  • News
  • बैदेशिक रोजगार विभागका महानिर्देशक संग भेट

बैदेशिक रोजगार विभागका महानिर्देशक संग भेट



बैदेशिक रोजगारमा गएका कामदारहरुका समस्या, बैदेशिक रोजगारको कानुनमा आवश्यक संशोधन, मानव तस्करीको बढ्दो बिकराल अवस्थालाई सम्बोधन गर्न बैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिले ५ बुदे सुझावहरु तत्काल कार्यन्वयन गर्न र गराउनहुन बैदेशिक रोजगार विभागको  महानिर्देशकलाई पत्र बुझाएको छ । समितिका संयोजक धरम के.सी. ले विभिन्न समस्याप्रती महानिर्देशकज्यु को ध्यानाकर्षण गराउँदै त्यसको समाधानका लागी तदारुकताका साथ लाग्न आग्रह गर्नुभयो ।

 

महानिर्देशकज्युले अहिलेको अवस्थामा साउदी अरबमा सबैभन्दा धेरै समस्या देखिएको र विभागलाई पनि कामदारलाई सहयोग गर्न, फिर्ता गराउन, क्षतिपूति दिलाउन सहज अवस्था नरहेको स्वीकार्नु भयो । साउदी लगायत अन्य देशमा गैरआवासीय नेपाली संघले कामदारको हकहितकालागी नेपाल सरकार, बैदेशिक रोजगार विभागलाई सहयोग र सहकार्यलाई निरन्तरता दिन जरुरी रहेको बताउनु भयो । बैदेशिक रोजगारमा गएका कामदारहरुलाई छिटो छरितो रुपमा न्याय दिलाउन हरदम प्रयासरत रहेको कुरा पनि उल्लेख गर्नुभयो । फ्रि भिसा र फ्रि टिकटलाई प्रभावकारी बनाउन पनि विभाग निरन्तर लागी रहेको जनाउनु भयो ।

 

उक्त भेटमा बैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिका संयोजक धरम के.सी. लगायत अन्य सदस्यहरु सुजना राना, स्वेच्छा घिमिरे, रमेश मल्ल, धर्मराज गिरि र गैरआवासीय नेपाली संघ सचिवालयको सहभागीता थियो । उक्त भेटमा संघले बुझाएको पत्र जानकारीकोलागि संलग्न गरिएको छ ।

 

गैरआवासीय नेपाली संघ सचिवालय, काठमाण्डौं ।

 

मिति: १३ चैत्र, २०७३ ।

गैरआवासीय नेपाली संघ सचिवालय ।