News

  • Home
  • News
  • जापानमा अन्तरक्रिया कार्यक्रम सम्पन्नः

जापानमा अन्तरक्रिया कार्यक्रम सम्पन्नः



गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आयोजनामा  नेपाल सरकारका उधोग मन्त्रि माननिय नविन्द्र राज जोशी ज्युको प्रमुख आतिथ्यतामा टोकियो जापानमा “नेपालको औधोगिक बिकाश र उत्पादन प्रबर्धनमा  गैरआवासीय नेपाली हरुको भूमिका” बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ l कार्यक्रममा नेपालको वर्तमान औधोगिक अवस्था चुनौती, सम्भावनाका बिषयमा छलफल गरिएको थियो l 

 

नेपालमा उत्पादन गरिएका नेपाली सामाग्रीलाई जापान लगायतका विश्वव्यापी प्रवर्द्धन गर्न गैरआवासीय नेपाली संघ एनआरएनए जापानले  अभियान संचालन गर्ने भएको छ 

 

नेपाली उत्पादनको प्रवर्द्धनका लागि उद्योग मन्त्रालय र एनआरएनए जापानबीच  द्विपक्षिय सम्झौता गरिएको छ l यो सम्झौताले नेपाल सरकार र एनआरएनए बिचको सम्बन्ध अझ मजबुद हुने बिश्वाश लिएका छौ l 

 

 नेपाल सरकारका उद्योग मन्त्री नवीन्द्रराज जोशी तथा एनआरएनए जापानका अध्यक्ष सुदन थापा बीच नेपाली उत्पादनलाई प्रवर्द्धन र प्रचारप्रसारमा विषेश भुमिका निर्वाह गर्नका लागि  सम्झौता गरिएको छ । नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी, जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, एनआरएनए उपाध्यक्ष भवन भट्ट, एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा, आइसीसी सदस्यहरु भुषण घिमिरे र ओम गुरुङ लगायत जापानका सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरुको  सहभागितामा भएको सो संझौता पछि एनआरएनएले विश्वभरि नेपाली उत्पादनको बजार विस्तार तथा दैनिक उपयोगमा ल्याउन पहल गर्नेछ ।  यसका लागि नेपाल सरकारका तर्फबाट विशेष सहयोग समेत गर्ने प्रतिवद्दता व्यक्त गरिएको छ l 

 

हामी बिदेशमा रहेका ६० लाख गैरआवासीय नेपालीहरु आफ्नो देश नेपाल सम्बृद्ध भएको हेर्न चाहन्छौ, औधोगिक बिकाश बिना देश सम्वृद्धिको बाटोमा जान सक्दैन , छिमेकि राष्ट्रहरु चिन र भारतले ठुला ठुला औधोगिक क्रान्ति गरिसकेको अबस्थामा नेपालको उद्योग अझै थला परेको अवस्था छ समग्र नेपालको औधोगिक बिकाशको लागि गैरआवासीय नेपालीहरुले बिशेष भूमिका खेल्नु पर्दछ l संसार भर रहेका ७३ एनसीसी हरुले अब नेपालको औधोगिक बिकाश र उत्पादन प्रबर्धनका निम्ति केहि ठोश कदम चालेर अगाडी बढ्ने हो कि …..