News

  • Home
  • News
  • नमूना वस्तीको परिमार्जित गुरु योजना

नमूना वस्तीको परिमार्जित गुरु योजना



गैरआवासीय नेपाली संघले गोर्खाको दुर्गम हिमाली क्षेत्र लाप्राकमा निर्माण थालेको लाप्राक नमुना वस्ती’ लाभग्राहीहरुको मागअनुसार ५७३ बटै आवास गृहहरु निर्माण गर्ने गरी परिमार्जन गरिएको गुरु योजनाको अनावरण कार्यक्रम गुप्सीपाखामा २०७३ माघ १५ गते दिन सम्पन्न भयो । जनवरी २८ तरिक शनिवार लाप्राकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति राजेन्द्र बहादुर क्षेत्रीले गैरआवासीय नेपाली संघको सहयोगार्थ लाप्राक वस्ती निर्माण अबधिभर नेपाली सेनाले निर्माण स्वयं सेवक खटाउने जानकारी दिनुभयो । गैरआवासीय नेपाली संघको अनुरोधमा नेपाली सेनाले शनिवार नै क्याप्टेनको कमाण्डमा ३९ जना दक्ष जनशक्ति लाप्राक पठाएको छ ।

 

भूकम्प लगत्तै राहत बितरणमा नेपाली सेनाले गैरआवासीय नेपाली संघलाई उदाहरणीय सहयोग गरेको थियो’ एनआरएनए अध्यक्ष शेष घलेले भन्नु भयो – पुनर्निर्माणमा पनि नेपाली सेनाबाट हामीले त्यो भन्दा ठूलो सहयोग पाउने भएका छौं’ । उहाँले लाप्राक नमुना वस्ती पुनर्निर्माणमा नेपाली सेना नै सवैभन्दा ठूलो संस्थागत साझेदारका रुपमा सहभागी हुन लागेको बताउनु भयो । घरको डिजाइन र निर्माण लागतका बिषयमा लाप्राक बासीसंग छलफल र परामर्श गर्न आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेराष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलप्रधान सेनापति राजेन्द्र बहादुर क्षेत्रीगोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारीजिल्ला आयोजना कार्यान्वयन इकाईभवन विभागका डिभिजनल ईन्जीनियर लगायत लाप्राक पुग्नु भएको थियो ।

 

 

घरको निर्माण लागत झण्डै १२ लाख रुपैयाँ पर्ने र ठूलो रकम निर्माण सामाग्री ढुवानीमा जाने जानकारी दिंदै अध्यक्ष घलेले निर्माण लागत घटाउन संघलाई अझै हजारौंको संख्यामा स्वयं सेवक आबश्यक रहेको बताउनु भयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले भूकम्पपछिको पुनर्निर्माणमा गैरआवासीय नेपाली संघको मेहनतको प्रसंसा गर्दै लाप्राक बासीलाई पूर्ण सहयोग गर्न आग्रह गर्नुभयो । ‘नेपाल सरकारले अरु भूकम्प पिडीतलाई ३ लाख रुपैयाँ भन्दा दिन सकेको छैनएनआरएनएले तपाँइहरुलाई १२ लाख रुपैयाँ पर्ने घर बनाई दिंदै छ’ पोखरेलले भन्नु भयो–‘तपाँइहरुले पनि एनआरएनलाई उदाहरणीय सहयोग गर्नुपर्छ ।’ सो अबसरमा गैरआवासीय नेपाली संघले लाप्राक नमुना वस्ती गुरु योजनाबारे विस्तृत जानकारी गराउँदै स्थानीय वासीलाई घरको डिजाइन र लागतबारे जानकारी दिएको थियो । जसमा स्थानीय बासीले झण्डै १२ लाख रुपैयाँ लागत पर्ने दुई तले घर प्राप्त गर्ने जानकारी दिइयो । नेपाल सरकारले बनाएको मापदण्ड अनुसार तयार पारिएका यी दुई तले घर भूकम्प प्रतिरोधी र स्थानीय परम्परा झल्किने खालका हुनेछन् । कार्यक्रममा गोर्खा जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले वस्ती निर्माणका लागि सवैखाले प्रशासनिक सहयोग हुने आश्वासन दिंदै बिदेशमा वस्ने नेपालीहरुको सहयोगलाई लाप्राक बासीले अबसरका रुपमा लिनुपर्ने बताउनु भयो ।  शहरी विकाश तथा भवन निर्माण विभागका डिभिजनल इन्जिनियर रोशन श्रेष्ठले लाप्राक नमुना वस्तीको गुरुयोजना राम्रो रहेको बताउँदै प्राबिधिक पक्षहरु हेरेर छिटो अनुमोदन गर्ने बताउनु भयो ।

 

 

लाभग्राहीसंग सम्झौता

 शनिवार नै लाभग्राहीहरुले गैरआवासीय नेपाली संघसंग घर निर्माण सम्बन्धी सम्झौता गरेका छन् । सम्झौतामा लाभग्राहीहरुले घरमा जगमा लाग्ने ढुंगागिटी र काठ आफै उपलब्ध गराउनु पर्ने उल्लेख छ । लाभग्राहीहरुले जन श्रमदान मार्फत् स्थानीय स्तरबाटै यी सामग्रीको ब्यबस्थापन गर्ने तत्परता देखाएका छन् । लाप्राकलाई नमुना वस्ती बनाउन गैरआवासीय नेपाली संघले अन्य संस्थाहरुसंग सहकार्य गरी यहाँ पूर्वाधार तयार गर्ने छ । वस्तीमा खानेपानीको दीगो ब्यबस्थापनका लागि केयर नेपाल’ नामक गैरसरकारी संस्थासंग सहकार्य गर्न लागिएको संघले जनाएको छ । झण्डै एक महिनादेखि निर्माण कार्य सुरु गरेको संघले घरको जग हाल्ने काम थालेको छ भने स्थानीय स्तरमै इँटा उत्पादन पनि सुरु भइसकेको छ । अर्को हिउँद अगाडी नै लाभग्राहीहरुलाई घर हस्तान्तरण गर्ने लक्ष्य सहित अध्यक्ष शेष घलेसहितको टीम लाप्राकमा बसेर काम गरिरहेको छन् ।

 

रञ्जु थापा वाग्ले

प्रवक्ता,

अन्तर्राष्ट्रिय समन्वय परिषद्

गैरआवासीय नेपाली संघ ।

मिति २०७३ माघ २०