News

  • Home
  • News
  • सीप मुलक तालिम कार्यक्रम

सीप मुलक तालिम कार्यक्रम



सीप मुलक तालिम कार्यक्रम:

 

१ नोभेम्वर २०१७ का दिन गैरआवासीय नेपाली संघ महिला फोरम र एफविनले आयोजना गरेको दक्ष सिलाई सम्बन्धि दोश्रो सीप मुलक तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सीपमुलक तालीम कार्यक्रम नोभेम्बर १ देखी एक महिनाको लागि संचालन हुनेछ । नमूना अफ टेक्नोलोजी कलेजको सहयोगार्थ काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, रामेछाप र सुनसरी जिल्लाका २० जना महिलाहरुलाई सिलाई सम्बन्धि दक्ष तालिम संचालन गरिने छ ।

 

 

यस उद्घाटन कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष सपिला राजभण्डारी, महिला संयोजक रजनी प्रधान, ओसेनियाका महिला उपक्षेत्रीय संयोजक प्रीति शर्मा, एशिया प्रशान्तका महिला उपक्षेत्रीय संयोजक जुनु गुरुङ्ग, अमेरिकाका गैरआवासीय नेपाली अनुष्का भट्ट, एफविनका महासचिव दर्शना श्रेष्ठ, परियोजना संयोजक तथा सचिव सुनिता वैद्य, नमूना अफ टेक्नोलोजी कलेजनका संस्थापक ज्ञानी सोभा तुलाधर र अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

 

 

महिलाहरुको आर्थिक स्तर बृद्धि गर्न र वैदेशिक रोजगारमा जाने अदक्ष महिला कामदारलाई दक्ष बनाउने उद्देश्यको लागि गैरआवसीय नेपाली संघ महिला फोरम र एफविनले गत् २७ जुलाई २०१६ मा विभिन्न जिल्लाका २० जना महिलाहरुलाई एक महिने दक्ष सिलाई तालिम कार्यक्रम संचालन गररेको थियो । उक्त तालिममा सहभागी भएका प्रत्येक महिला सहभागीहरुले १० महिना सम्म मासिक रु. १ हजारका दरले रु. १० हजार रकम कोषमा जम्मा गरेका थिए । उक्त कोषमा जम्मा भएको रकम यस महिनामा संचालन हुन गईरहेको सीप मुलक तालिममा प्रयोग गरिने छ । पहिलेको तालिम जस्तै यस दोश्रो तालिममा पनि सहभागी प्रत्येक महिलाहरुले तालिम पश्चात १० महिना सम्म मासिक रु. १ हजारका दरले रु. १० हजार रकम कोषमा जम्मा गर्नु पर्ने छ । सो कोषमा जम्मा भएको रकम पनि भविष्यमा संचालन गरिने सीप मुलक तालिम कार्यक्रममा उपयोग गरिने छ ।