News

  • Home
  • News
  • नेपाल पत्रकार महासंघसंग भेटघाट कार्यक्रमः

नेपाल पत्रकार महासंघसंग भेटघाट कार्यक्रमः



नेपाल पत्रकार महासंघले गैरआवासीय नेपाली संघका नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुको सम्मानमा ४ नोभेम्वरका दिन एक स्वागत कार्यक्रमको आयोजना गरेको थियो । महासंघको सभाहलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका महासचिव रमेश विष्टले नेपाल पत्रकार महासंघ गैरआवासीय नेपाली संघसंग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनु भयो । महासचिव विष्टले गैरआवासीय नेपाली संघप्रति नेपाली जनताले ठुलो अपेक्ष राखेको हुँदा देश विकासका निम्ति गैरआवासीय नेपाली संघसंग सहकार्य गर्न आवश्यक रहेको धारण व्यक्त गर्नु भयो । यसरी नै गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल पत्रकार महासंघसंग सहकार्य गरेर अघि बढ्ने बताउनु भयो । गैरआवासीय नेपाली संघले महासंघसग कुन कुन क्षेत्रमा के के काम गर्नु पर्ने हो महासंघलाई जानकारी गराउन अनुरोध गर्नु भयो । उहाँले त्यस अवसरमा महासंघमा लाइब्रेरी स्थापना गर्न सहयोग गर्ने बताउनु भयो ।

 अन्त्यमा अध्यक्ष भट्टले गैरआवासीय नेपाली संघलाई लगानी मैत्री वातावरण निर्माण गर्न सबैलाई आह्वान गर्नु भयो । 

यस कार्यक्रममा अध्यक्ष लगायत उपाध्यक्ष सपीला राजभण्डारी, सचिवद्वय डिबि क्षेत्री र जानकी गुरुङ्ग, प्रवक्ता भूषण घिमिरे, महिला संयोजक रजनी प्रधान, युरोपका क्षेत्रीय उपसंयोजकहरु गोविन्द गौंतम र एकराज गिरी लगायत नेपाल पत्रकार संघका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

 

यसै दिनको साँझ गैरआवासीय नेपाली संघका अध्यक्षले नेपाल पत्राकार महासंघ लगायत नेपालका अन्य संचारकर्मीहरुको सम्मानमा होटेल अन्नपूर्णमा एक रात्री भोजको आयोजना गर्नु भएको थियो ।