News

  • Home
  • News
  • धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग प्रदानः

धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग प्रदानः



धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग प्रदानः

गैरआवासीय नेपाली संघ नर्वेका निवर्तमान अध्यक्ष कुमार पंडितको संयोजक्त्वमा कल्याणकारी कार्यका लागि संकलन गरेको रकम गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट र एनसिसि बेल्जियमका उपाध्यक्ष योगिता थापाले संयुक्त रुपमा रु १ लाख ४० हजार ७ सय ८० र पैसा ५४ धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई आज संघको सचिवालयमा संयुक्त रुपमा चेक हस्तान्तरण गर्नु भयो ।

उक्त रकम रौतहट जिल्लाको चन्द्रनिगाहपुर स्थित सन्तपुरमा रहेका ४७ बाढीपिडत परिवारहरुकालागि निर्माण गरिने एकीकृत नमूना वस्तीमा उपयोग गरिने छ । सो एकीकृत वस्तीको निर्माण लागत करीव रु. ६ करोड रहेको फाउण्डेसनका अध्यक्ष कट्टेलले जानकारी दिनु भयो ।  उहाँले गैरआवासीय नेपाली संघले सहयोग गरेकोमा हार्दिक आभार प्रकट गर्दै थप सहयोगको अपेक्षा पनि गर्नु भयो । प्रति उत्तरमा संघका अध्यक्ष भट्टले धुर्मुस सुन्तली फाउण्डेसनले संचालन गरेका परोपकारी कार्यको प्रशंसा गर्दै यस्ता परोपकारी कार्यमा संघको सदैव सहयोग रहने छ भन्ने विश्वास दिलाउनु भयो ।

 

गैरआवासीय नेपाली संघ सचिवालय ।

 

५ नोभेम्वर २०१७ ।