News

  • Home
  • News
  • भेटघाट कार्यक्रमः

भेटघाट कार्यक्रमः



राष्ट्रपति संग भेटघाटः

२० अक्टोवरका दिन संघका नवनिर्वाचित अध्यक्ष भवन भट्टको नेतृत्वमा गएको एक प्रतिनिधि मंडललले सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारी संग भेटघाट गर्यो । शितल निवासमा भएको भेटघाटमा संघका अध्यक्ष भट्टले नवनिर्वाचित पदाधिकारीहरु तथा सदस्यहरुको परिचय गराउनुका साथै संघले विगतमा गरेका गतिविधिहरुका साथै नयाँ कार्यकालमा गरिने मुख्य कार्यहरुबारे सम्माननीय राष्ट्रपतिज्यू समक्ष जानकारी गराउनु भयो । यस प्रतिनिधि मंडलमा अध्यक्ष लगायत उपाध्यक्षहरु र अन्य पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

 

प्रधानमन्त्री संग भेटघाटः

 

 

संघका नवनिर्वाचित अध्यक्ष भवन भट्टको नेतृत्वमा गएको एक प्रतिनिधि मंडललले आज विहान सम्माननीय प्रधान मन्त्री श्री शेर वहादुर देउवासंग भेटघाट गर्यो । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटघाटमा संघका अध्यक्ष भट्टले नवनिर्वाचित पदाधिकारीहरु तथा सदस्यहरुको परिचय गराउनुका साथै संघले विगतमा गरेका गतिविधिहरुका साथै नयाँ कार्यकालमा गरिने मुख्य कार्यहरुबारे सम्माननीय प्रधानमंत्रीज्यू समक्ष जानकारी गराउनु भयो । यस प्रतिनिधि मंडलमा अध्यक्ष लगायत उपाध्यक्षहरु र अन्य पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

 

 

त्यसैगरी हिजै दिउसो नवनिर्वाचित कार्यसमिति नेकपा एमालेद्वारा आयोजित स्वागत तथा बधाइ कार्यक्रममा सहभागी भयो । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष श्री केपि ओली र वरिष्ठ नेता माधवकुमार नेपालले स्वागत गर्नु भएको थियो । यस भेटघाट कार्यक्रममा पनि संघका अध्यक्ष भट्टले नवनिर्वाचित पदाधिकारीहरु तथा सदस्यहरुको परिचय गराउनुका साथै संघले विगतमा गरेका गतिविधिहरुका साथै नयाँ कार्यकालमा गरिने मुख्य कार्यहरुबारे जानकारी गराउनु भयो । यस कार्यक्रममा अध्यक्ष लगायत उपाध्यक्षहरु, महासचिव, सचिव र प्रवक्ताका साथै अन्य पदाधिकारीहरुको सहभागीता रहेको थियो ।