News

  • Home
  • News
  • थप तीन जिल्लामा एनआरएनले पठायो राहत सामाग्री

थप तीन जिल्लामा एनआरएनले पठायो राहत सामाग्री



काठमाण्डौ । गैरआवासीय नेपाली संघले भूकम्प पिडीतहरुका लागि थप तीन जिल्लामा राहत सामाग्री पठाएको छ । संघले शनिवार गोर्खा, लमजुङ र काभ्रेका एक एक हजार परिवारलाई पुग्ने सामाग्री पठाएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट लगायतका पदाधिकारीले राहत सामाग्री लिएर त्यसतर्फ प्रस्थान गर्ने गैरआवासीय नेपाली स्वयंसेवकहरुलाई काठमाण्डौबाट बिदाई गर्नुभयो । संघले गोर्खामा १ हजार थान पाल, एक हजार कार्टुन चाउचाउ, एक हजार ७ सय केजी चिउरा, २ हजार थान कम्बल र २ हजार ५ सय केजी चामल पठाइएको छ । यसैगरी काभ्रेमा ४ सय थान पाल, १ हजार कार्टुन चाउचाउ, १ हजार केजी चिउरा र एक हजार थान कम्बल पठाएको छ ।

 

यसैगरी लम्जुङमा १ हजार थान पाल, दुई हजार थान कम्बल, एक हजार केजी चिउरा र एक हजार कार्टुन चाउचाउ र २२५ बोरा चामल पठाएको छ । ती जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यलयको रोहबर र सिफारिसमा प्रशासनले तोकेका गाउाहरुमा गैरआवासीय नेपाली संघले प्रत्यक्ष रुपमा राहत बितरण गर्ने छ । संघले शुक्रबार पहिलोपटक सिन्धुपाल्चोकमा राहत सामाग्री वितरण गरेको थियो । जहाँ एक हजार थान कम्बल, एक हजार थान पाल, एक हजार कार्टुन चाउचाउ र एक हजार किलो चामल बितरण गरिएको थियो । गैरआवासीय नेपाली संघले करिव १० हजार परिवारलाई तात्कालिक राहत प्रदान गर्ने र गैरआवासीय नेपाली संघको सचिवालय, काठमाण्डौ । दोस्रो चरणमा क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणमा केन्द्रीत हुने योजना बनाएको गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली संघको सचिवालय, काठमाण्डौ ।