News

  • Home
  • News
  • जापानमा गैरआवासीय नेपाली संघका सल्लाहकार महाविर पुनसंग अन्तरक्रिया

जापानमा गैरआवासीय नेपाली संघका सल्लाहकार महाविर पुनसंग अन्तरक्रिया



जापान सरकार तथा टेलिकम्युनिकेश युनियन जापानको विशेष सम्मान लिन जापान आउनु भएको डा. महाविर पुनसंग गैरआवासीय नेपाली संघ जापानले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

एनआरएनए एनसिसि जापानका अध्यक्ष टासि वाङदी लामाले कार्यक्रमको सुरुवातमा स्वागत मन्तब्य दिनु भएको थियो । त्यसपछि आईसिसि सदस्य ओम गुरुङले डा. महाविर पुनले शुरु गर्नु भएको नेपाल आविष्कार केन्द्र र देश विकासमा विज्ञात तथा आविष्कारको आवश्यकता र पुनले गरेका गतिविधिहरु बारेमा जानकारी गराउनु भएको थियो ।

आविष्कार केन्द्रका अध्यक्ष तथा गैरआवासीय नेपाली संघका सल्लाहकार डा. पुनले आविष्कार केन्द्रको आवश्यकता र महादान अभियानको बारेमा जानकारी गराउदै आ-आपनो ठाउँबाट सहभागि हुन अनुरोध गर्नु भयो । देशको विकासको लागि विज्ञान र प्रविधिको विकासका संरचनाको विस्तार गर्नु पर्ने जोडदिदै प्रतिभा र क्षमता भएका जनशक्तिलाई पहिचान गरी राज्यले विशेष प्राथमिकताका साथ तिनको प्रतिभा प्रष्फुटन गर्न  आह्वान गर्नु भयो । उहॉले नेपालको विकासको लागि राज्यले बौद्धिक पलायनलाई रोक्नु पर्ने बताउदै प्रविधिलाई अपनाउन पर्ने बताउनुभयो । उहॉले आविष्कार केन्दले विज्ञान र प्रविधिमा नयॉ नयॉ खोज गरिरहेको बताउँदै यसका लागि उपयुक्त वतावरण बनाउन तथा नयॉ प्रविधिको विकास गर्न आर्थिक सहयोग आवश्यक परेको भन्दै महादान गर्न अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै आईसिसि युवा संयोजक सुदन थापाले अबको विकास प्रविधि विना सम्भव नभएको तर सरकारले गर्नु पर्ने काम डा. पुनले शुरु गर्नु भएको भन्दै सहयोगको लागि अनुरोध गर्नु भएको थियो ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रवक्ता भुषण धिमिरेले अब गैरआवासीय नेपालीहरुको पूँजी मात्र होइन उनीहरुले विदेशमा आर्जन गरेका ज्ञान सीप र प्रविधिलाई पनि नेपालको विकासमा सदुपयोग गर्नु पर्ने बारे आफ्नो धारणा राख्नु भयो । उहाँले यसैलाई मध्य नजर गरेर यही आउने अक्टोवरमा काठमाडौंमा एक विज्ञ सम्मेलनको आयोजना हुन गईरहेको जानकारी गराउनुका साथै यसमा आविष्कार केन्द्रसंग सहकार्य गरिने बताउनु भयो । साथै उहांले यस सम्मेलनको पूर्व विभिन्न क्षेत्रहरुमा यसको तयारीको लागि क्षेत्रीय सम्मेलनको आयोजना हुन गईरहेको पनि जानकारी गराउनु भयो ।

गैरआवासीय नेपाली संघ एशिया प्रशान्तका संयोजक किरण बिक्रम थापाले सबैलाई आ-आपनो ठाउँबाट सहयोग गर्न अनुरोध गर्नु भयो । यसैगरी आईसिसि सदस्यहरु कपिल देव थापा र महेश श्रेष्ठले विज्ञान प्रविधिको महत्व बारे बोल्नु भएको थियो ।

सहयोग हस्तान्तरण

एनआरएनए एनसिसि जापानको आयोजनामा भएको कार्यक्रममा महाविर पुनले देशको विकासको लागि शुरु गर्नु भएको आविष्कार केन्द्रलाई एनआरएनए जापानको तर्फबाट अध्यक्ष टासि वाङदी लामाले एनसिसि जापानको तर्फबाट एक लाख  ऐन तथा चितवन समाज जापानको तर्फबाट अध्यक्ष राजन श्रेष्ठले २५ हजार ऐन सहयोग प्रदान गर्नु भयो । डा. पुनले सहयोगको लागि घन्यबाद ब्यक्त गर्दै केन्द्रलाई आर्थिक सहयोगका साथै जनशक्ति एवं अन्य सहयोगको लागि अनुरोध गर्नुभयो ।

आजको कार्यक्रममा जापानबाट प्रतिनिधित्व गर्नु हुने आइसिसिका पदाधिकारी र सदस्यहरु, एनसिसि जापानका पदाधिकारी एवं सदस्यहरु, विभिन्न सघं संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममको संचालन एनआरएनए जापानका सचिव जनक बिक्रम शाहिले गर्नु भएको थियो ।

एनसिसि जापान ।