News

  • Home
  • News
  • संघका प्रतिनिधि मंडलद्वारा संघीय मामिला तथा सामान्य प्रशासान मन्त्रीसंग भेटघाटः

संघका प्रतिनिधि मंडलद्वारा संघीय मामिला तथा सामान्य प्रशासान मन्त्रीसंग भेटघाटः



गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको पदाधिकारीहरु सम्मिलित एक प्रतिनिधि मंडलले माननीय संघीय मामिला तथा सामान्य प्रशासान मन्त्री लालबाबु पंडितसंग भेटघाट गर्यो । सर्वप्रथम संघका अध्यक्षज्यू लगायत पदाधिकारीहरुले माननीय लालबाबु पंडितलाई संघीय मामिला तथा सामान्य प्रशासान मन्त्रालयको पदभार सम्हाल्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँलाई खादा ओढाइ सम्मान गर्नु भयो ।

संघका अध्यक्षले मुलुकको समृद्धि बिना व्यक्तिको समृद्धिको खासै अर्थ नरहने तथ्यलाई मध्यनजर गरेर समृद्ध नेपालको निर्माणको अभियानमा होमिएका गैरआवासीय नेपालीहरुलाई नेपालको विकासमा साझेदारको रुपमा सहभागी गराउन आग्रह गर्नु भयो । नेपालको नयाँ संविधानले गैरआवासीय नेपालीहरुलाई आर्थिक सामाजिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकताको प्रावधान राखेकोमा कानुन बनाएर यस्तो नागरिकता दिने व्यवस्थाका लागि सहयोग गर्न अनुरोध गर्नु भयो ।

संघका उपाध्यक्ष कूल आचार्यले विदेशमा बस्ने नेपालीहरुलाई भूपू नेपाली नभनिदिन हुनकोलागि सोचिदिन आग्रह गर्दै बरु उनीहरुले विदेशमा आर्जन गरेका सीप र ज्ञानलाई नेपालमा सदुपयोग गर्नको लागि नेपाल सरकार संग पहल गरिदिन हुन आग्रह गर्नु भयो ।

संघका सहकोषाध्यक्ष सोम सापकोटाले विभिन्न मुलुकमा वैदेशिक रोजगार तथा अन्य पेशा तथा रोजगारीमा रहेका नेपालीहरुको सीप श्रोत र साधनको प्रयोग तथा सदुपयोग गरी नेपालको समृद्धिमा उनीहरुलाई सहभागीता गराउन आग्रह गर्नु भयो ।

अन्त्यमा मन्त्री पंडितले आफू गैरआवासीय नेपालीहरुलाई नेपालको विकासमा सहभागी गराउन पक्षधर रहेको तर दुइ वा दुइ भन्दा बढि मुलुकको मतदाता हुन नहुने धारणा राख्नु भयो । उहाँले संविधानमा उल्लेख भएको गैरआवासीय नेपालीहरुको नागरिकताको व्यवस्थामा आफ्नो पूर्ण समर्थन रहेको र कानुन निर्माण गरी लागु गर्नेमा पनि समर्थन रहने बताउनु भयो । उहाँले आफू संधै दृढ विचार र स्पष्ट धारणा राख्ने व्यक्ति भएकोले सबैसंग बहस एवं Dialogue को पक्षमा रहेको धरणा व्यक्त गर्नु भयो ।

गैरआवासीय नेपाली संघ ।