News

  • Home
  • News
  • पर्यटन मन्त्रीसंग भेटघाटः

पर्यटन मन्त्रीसंग भेटघाटः



२०१८ मई २८ का दिन गैरआवासीय नेपाली संघका उपाध्यक्ष कूल आचार्यको नेतृत्वको एक टोलिले पर्यटन मन्त्री माननीय रविन्द्र अधिकारीसंग भेट गर्‍यो । भेटघाटमा गैरआवासीय नेपाली संघले पर्यटन प्रवर्द्धनका लागि गर्ने र गरेको कार्यक्रमहरुको बारेमा छलफल भयो । प्रतिनिधि मण्डलले गैरआवासीय नेपाली संघले एक कार्यदल नै बनाई पर्यटन प्रबर्द्धनका विषयमा काम गरिरहेको जानकारी गराईयो ।

भेटमा अमेरिकाको सानफ्रान्सिस्कोमा गैरआवासीय नेपाली संघद्वारा आयोजित क्षेत्रीय विज्ञ सम्मेलनको प्रमुख आतिथ्यता ग्रहण गर्न स्वीकार गरिदिनु भएकोमा मन्त्रीज्यूलाई धन्यवाद दिदै जुलाईको अन्त्यमा युरोपको लग्जेम्वर्गमा हुने क्षेत्रीय सम्मेलनका बारेमा समेत जानकारी गराईयो ।

भेटका अवसरमा उपाध्यक्ष आचार्यले मन्त्रालयले एक विषय ज्ञाता मन्त्री पाएकोमा खुशी व्यक्त गर्नु हुँदै कार्यकालको पूर्ण सफलताको कामना गर्नु भयो । उहाँले पर्यटन प्रवर्द्धन गर्ने काममा गैरआवासीय नेपालीलाई प्रयोग गर्न अनुरोध गर्नु भयो । यसरी नै संघका सहकोषाध्यक्ष सोम सापकोटाले पर्यटन क्षेत्र ठूलो संभावनाको क्षेत्र भएकोले सरकार र गैरआवासीय नेपाली संघ मिलेर प्रवर्द्धनात्मक काम गर्ने धेरै संभावना रहेको धारणा व्यक्त गर्नु भयो । उहाँले आफ्नो सक्रियतामा नेपालको प्रवर्द्धनात्मक प्रचार सामग्री विभिन्न मुलुकमा गठन भएका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदमा पठाउने काम भईरहेको र प्रचार सामग्रीमा सुधार गर्नु पर्ने धारणा राख्नु भयो ।

प्रतिनिधि मंडलमा सामेल युरोपका क्षेत्रीय संयोजक शिव बरुवालले मन्त्रीज्यूलाई युरोपिय क्षेत्री बैठकमा छलफल हुने मध्ये नेपालको पर्यटन प्रवर्द्धन एक प्रमुख विषय भएको र त्यस बैठकमा Visit Nepal Year 2020 बारेमा समेत विस्तृत छलफल हुने जानकारी गराउनु भयो । उहाँले गैरआवासीय नेपालीहरुले नेपालको पर्यटन प्रबर्द्धनमा खेल्न सक्ने अहंम भूमिका समेत मनन गरी माननीय मन्त्रीज्यूलाई सके आफै नसके पनि सरकारको यस सम्बन्धि नीति तथा कार्यक्रमका विशेषज्ञलाई युरोपिय क्षेत्रीय बैठकमा भागलिने गरी पठाईदिन अनुरोध गर्नु भयो । उहाँले युरोपिय बैठकमा नेपालका पर्यटकिय संभावना देखाउने छोटो फिल्मको competition गराउन लागेको जानकारी गराउनु भयो ।

भेटघाटमा मन्त्री अधिकारीले यस पटक आफ्नो समय अभावका कारण युरोपिय बैठमा आफै उपस्थिति हुन नसक्ने तर नेपालबाट सम्बन्धित निकायको प्रतिनिधित्व गराई दिने आश्वासन दिनु भयो । उहाँले नेपाल पर्यटन बोर्डसंग यस बारे छलफल गर्न अनुरोध समेत गर्नु भयो । साथै उहाँले अमेरिकाको बैठकमा गैरआवासीय नेपालीहरुसंग मिलेर गरिने कामको बारे छलफल गर्ने आश्वासन पनि दिनु भयो ।

गैरआवासीय नेपाली संघ ।