News

  • Home
  • News
  • NRNA Global Diaspora Connect 2024 कार्यक्रम सम्पन्नः

NRNA Global Diaspora Connect 2024 कार्यक्रम सम्पन्नः



जुम माध्यमबाट आयोजित नयाँ वर्ष २०२४ को शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष केसीले संघको सञ्जाल ८६ देशमा पुगिसकेको र त्यसलाइ विस्तार गरि सय देशमा पुर्याउने लक्ष्य रहेको बताउनुभएको हो ।

त्यसैगरि अध्यक्ष डा. केसीले १० अर्वको लगानी भएको संरचना खडा भइसकेको बताउंदै सञ्चालनका लागि पहल गरिने बताउनुभयो । त्यसका लागि सबै गैरआवासीय नेपालीहरूबाट सहयोग लिने उहाँका भनाइ थियो । त्यसैगरि वैदेशिक रोजगार एन २०६४ ले श्रम स्वीकृती लिन सबै देशमा अफ्ट्यारो हुनुका साथै महिलाहरूलाइ समेत श्रमका लागि असहज भएको भन्दै त्यसलाइ संशोधन गर्न पहल गर्ने बताउनुभयो ।

 

 

महिला र युवाहरू संघको खम्वा भएको भन्दै अध्यक्ष केसीले यसैबर्ष महिला तथा युवा सम्मेलनको आयोजना गर्न लागिएको समेत जानकारी दिनुभयो ।

त्यसैगरि कार्यक्रममा गैरआवासीय नेपाली संघका सल्लाहकार अतुल कोइरालाले शुभकामना दिंदै गैरआवासीय नेपाली संघको अभियानलाई सशक्त बनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले संघको अभियानमा स्थापनाकाल देखिनै आफु सकृय रहेको भन्दै आगामी दिनमा संघको हितमा कामगर्ने प्रतिवद्दता जनाउनुभयो ।

गैरआवासीय नेपाली संघले आज युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिका, मध्यपूर्व, एशिया प्रशान्त क्षेत्रमा एउटै जुममार्फत कार्यक्रम गरि शुभकामना आदानप्रदान सहित विभिन्न सांगीतिक प्रस्तुती समेत गरिएको थियो ।

गैरआवासीय नेपाली संघ