बैदेशिक रोजगार विभागका महानिर्देशक संग भेट
बैदेशिक रोजगारमा गएका कामदारहरुका समस्या, बैदेशिक रोजगारको कानुनमा आवश्यक संशोधन, मानव तस्करीको बढ्दो बिकराल अवस्थालाई सम्बोधन गर्न बैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिले ५ बुदे सुझावहरु तत्काल कार्यन्वयन गर्न र गराउनहुन बैदेशिक रोजगार विभागको महानिर्देशकलाई पत्र बुझाएको छ । समितिका संयोजक धरम के.सी. ले विभिन्न समस्याप्रती महानिर्देशकज्यु को ध्यानाकर्षण गराउँदै त्यसको समाधानका लागी तदारुकताका साथ लाग्न आग्रह गर्नुभयो ।
महानिर्देशकज्युले अहिलेको अवस्थामा साउदी अरबमा सबैभन्दा धेरै समस्या देखिएको र विभागलाई पनि कामदारलाई सहयोग गर्न, फिर्ता गराउन, क्षतिपूति दिलाउन सहज अवस्था नरहेको स्वीकार्नु भयो । साउदी लगायत अन्य देशमा गैरआवासीय नेपाली संघले कामदारको हकहितकालागी नेपाल सरकार, बैदेशिक रोजगार विभागलाई सहयोग र सहकार्यलाई निरन्तरता दिन जरुरी रहेको बताउनु भयो । बैदेशिक रोजगारमा गएका कामदारहरुलाई छिटो छरितो रुपमा न्याय दिलाउन हरदम प्रयासरत रहेको कुरा पनि उल्लेख गर्नुभयो । फ्रि भिसा र फ्रि टिकटलाई प्रभावकारी बनाउन पनि विभाग निरन्तर लागी रहेको जनाउनु भयो ।
उक्त भेटमा बैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिका संयोजक धरम के.सी. लगायत अन्य सदस्यहरु सुजना राना, स्वेच्छा घिमिरे, रमेश मल्ल, धर्मराज गिरि र गैरआवासीय नेपाली संघ सचिवालयको सहभागीता थियो । उक्त भेटमा संघले बुझाएको पत्र जानकारीकोलागि संलग्न गरिएको छ ।
गैरआवासीय नेपाली संघ सचिवालय, काठमाण्डौं ।
मिति: १३ चैत्र, २०७३ ।
गैरआवासीय नेपाली संघ सचिवालय ।