News

  • Home
  • News
  • लाप्राक नमुना वस्तीको लागि सामान हस्तान्तरण

लाप्राक नमुना वस्तीको लागि सामान हस्तान्तरण



२४ अप्रिल २०१७ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष डा. शेष घलेलाई राष्ट्रिय समन्वय परिषद् हंगकंग र एकता अन्तर्राष्ट्रिय प्रा.लि हंगकंगको सहकार्य तथा सहयोगमा लाप्राका नमूना वस्ती परियोजनाको लागि ४५० जोडा पन्जा र ५० थान स्लिपिंग व्याग गोर्खाज् एकता अन्तर्राष्ट्रिय प्रा.लि हंगकंगका चेयरम्यान तथा गैरआवासीय नेपाली संघका सल्लाहकार यमकुमार गुरुङ त्रिलोक र राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष ललित सुब्बाले संयुक्त रुपमा हस्तान्तरण गर्नु भयो ।

 

सामान हस्तान्तरण गर्दै सल्लाहकार गुरुङले लाप्राक नमुना वस्ति परियोजना अन्तर्गत भवन निर्माण कार्यमा यी सामानहरु अति आवश्यक भएको हुंदा सहयोग उपलब्ध गराईएको बताउनु भयो र भविष्यमा पनि हंगकंगको तर्फबाट अरु थप सहयोग उपलब्ध गराउने विश्वास दिलाउनु भयो । साथै निकट भविष्यमा नै आफ्नो तर्फबाट ६/६ जनाको तीन टोलिमा २ जना दक्ष र ४ जना अदक्ष्य कामदारहरु सहित १८ जना भवन निर्माण कार्यमा परिचालन गराउने पनि जानकारी गराउनु भयो ।

 

यसरी नै संघका अध्यक्ष डा. शेष घलेले निर्माण कार्यमा अति आवश्यक तथा उपयोगी सामान उपलब्ध गराएकोमा संघका सल्लाहकार यम कुमार गुरुङ त्रिलोक र राष्ट्रिय समन्वय परिषद् हंगकंगलाई धन्यवाद दिंदै सहयोग गर्नु नै गैरआवासीय नेपालीहरुको एउटा विशेष सुन्दरता रहेको बताउनु भयो । यस निर्माण कार्यमा सबैले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहनु भएको औल्याउदै थप सहयोगको समेत अपेक्षा रहेको धारणा राख्दै यस निर्माण कार्यमा सहयोग गर्नु हुने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।

 

सचिवालयमा भएको यस कार्यक्रममा संघका अध्यक्ष डा. शेष घले लगायत अमेरिकाज्का क्षेत्रीय संयोजक सोनाम लामा, सल्लाहकार यमकुमार गुरुङ त्रिलोक, आईसिसि सदस्य जमुना गुरुङ, एनसिसि हंगकंगका अध्यक्ष ललित सुब्बा, पुनर्निर्माण कार्यदलका सदस्य श्याम तमांग र दिपा राई, जापानका गैरआवासीय नेपाली अर्जुन अधिकारी र संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

गैरआवासीय नेपाली संघ सचिवालय ।