News

  • Home
  • News
  • सिड्नीमा एनआरएनए यूथ फोरमद्धारा समर क्याम्प सम्पन्न

सिड्नीमा एनआरएनए यूथ फोरमद्धारा समर क्याम्प सम्पन्न



आजका बालबालिका भोलीका कर्णधार यूवा हुन् र यीनीहरुनै देशका भबिष्य पनि । त्यसैले पनि बालबालिकाहरुका लागि समुदायमा संस्थागतरुपले बिबिध कार्यक्रम गरीनु आवश्यक्ता हुन जान्छ । बालबालिका तथा यूवाहरुका लागि अष्ट्रेलियाको सिड्नीमा एक दिने समर क्याम्प भब्य रुपमा सम्पन्न भएको छ । एनआरएनए यूथ फोरमको आयोजनामा प्रबासका बालबालिकाहरुलाई नेपाली कला, संस्कृति, सम्पदा, संस्कार लगायत नेतृत्व बिकास जस्ता बिषयको ज्ञान दिने र मासीक डलर १ बचत गराई सो रकम बाट नेपालका बालबालिकाहरुका लागि कापी र कलम परियोजना संचालन गर्ने उदेश्यले समर क्याम्प गरिएको हो । सिड्नी अवस्थित ओवन कम्यूनिटि सेन्टर, ओवनमा ३१ फेबु्रअरी शनिवार आयोजित सो क्याम्पमा ५० भन्दा बढि बालबालिका तथा यूवा र १०० भन्दा बढि अबिभावकहरुको उपस्थिति रहेको थियो । बिहान ९ बजे देखि साँझ ५:३० सम्म संचालीत सो क्याम्पलाई तिन चरणमा बिभाजन गरी गरीएको थियो । 

 लामो समय देखि बालबालिका तथा शिक्षा क्षेत्रमा कार्य गर्दै आउनु भएका शान्ति बिद्यापिठका संस्थापक प्रधानाध्यापक डा. चिन्तामणि योगीले सो एकदिने समर क्याम्प संचालन गर्नु भएको थियो । डा. योगीले क्याम्पमा आधुनिक शैलिमा गीत, नृत्य, प्रवचन, छलफल, पावर प्वईन्ट लगायत मनोरञ्जनात्मक खेलकुद द्धारा बालबालिका तथा यूवाहरुलाई नेपाली मन, नेपली पनको ज्ञानगुनका कुराहरु बाढ्नु भएको थियो । पर्थ शहर बाट शुरु गरीएको समर क्याम्प मेलवर्न हुँदै सिड्नीमा गरीएको हो भने ब्रिशवेन र एडिलेडमा पनि यहि हप्ता गरीने तयारिमा छ । निक्कै उत्साहितरुपमा देखिएका बालबालिका तथा यूवाहरुलाई लब, पिस, ट्रुथ, सेल्फलेश सर्बीस, ननभाईलेन्स गरी ५ समुहमा बिभाजन गरी क्याम गरीएको थियो । “प्रबासमा व्यस्त रहेका अबिभावकहरुले छोराछोरीलाई पर्याप्त समय दिन नसकिरहेको बर्तमान अवस्थामा एनआरएनए बाट संसार भर यस्ता कार्यक्रम गरीदिनाले छोरा छोरीमा नेपाली संस्कार, भाषा, संस्कृति जस्ता बिषयको जानकारी मिल्ने र सबैलाई फाईदाकर हुने कुरा” बालबालिका समर क्याम्प तथा डलर १ कापी र कलम परियोजना कार्यक्रमका मुख्य योजनाकार तथा एनआरएनए आईसीसी यूवा उपसंयोजक कृष्ण गिरीले बताउनु भएको छ ।

 

  सोहि दिन ३:३० बजे बाट औपचारीक कार्यक्रम गर्दै सहभागि बालबालिका तथा यूवाहरुलाई प्रमाण पत्र समेत बितरण गरीएको थियो । कार्यक्रम संयोजक सुदिप कार्कीको संयोजकत्वमा संचालित सो सभामा एनएसडब्लुका लागि नेपाली महाबाणिज्यदूत दिपक खड्का प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रम अत्याधिक सफल भएकोमा खुशी व्यक्त गर्दै प्रमुख अतिथि खड्काले दिल खोलेर क्याम्पको प्रशंसा गर्नुृ भएको थियो । उहाँले गुरु डा. योगीलाई धन्यवाद समेत दिनु भएको थियो । कार्यक्रममा अतिथिकारुपमा एनआरएनए आईसीसी प्रबक्ता तथा एनआरएनए अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, आईसीसी संरक्षक इन्द्रा वन, आईसीसी सचिब रन्जु वाग्ले, ओसियाना संयोजक बिष्णु हमाल, आईसीसी सदस्य गणेश केसी, समाजसेवी डा. नारायण प्रधान, एनआरएनए अष्ट्रेलिया अध्यक्ष महेन्द्र ओली लगायत संघ संस्थाका प्रतिनिधि, पत्रकार तथा अबिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो । अतिथिकारुपमा उपस्थित एनआरएनएका पदाधिकारीहरुले कार्यक्रम भब्य रुपमा सफल भएकोमा मुख्य आयोजनाकार कृष्ण गिरी र सुदिप कार्की लागायत टिमलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । उहाँहरुले यस्तो कार्यक्रमले प्रबासमा जन्मेहुर्केका बालबालिकाहरुलाई धेरै कुरा जान्ने र सिक्ने अवसर प्रदान गरेकाले एनआरएनए बाट सक्दो सहयोग पुर्याई संसार भर गरीनु पर्नेमा जोड दिनु भएको थियो । कम्तिमा पनि बर्षमा एक पल्ट गरीने यो कार्यक्रमलाई आफूले सक्दो सहयोग गर्ने उहाँहरुले मन्तब्यका क्रममा बताउनु भयो । सभामा एनएडिएफका पूर्व अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएनए अष्ट्रेलिया प्रबक्ता दिनेश कुमार पोखरेल, तमु समाज पूर्व अध्यक्ष देब गुरुङ, पत्रकार चिरन्जिबी, अर्जुन पौडेल, माधब गैह्रे लागयतका ब्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

 

 कार्यक्रमका बिशेष अतिथि तथा क्याम्प संचालक डा. योगीले सम्पन्न मुलुकमा आउदा यहाँ बसेका बालबालिका संग सबै कुरा भएर पनि उनिहरुलाई देखेर आफूलाई चिन्ता लाग्ने र नेपालमै रहेका बालबालिकालाई हेर्दा धेरै कुरा नै हुन नसकेकोमा आफूलाई दु:ख लाग्ने भएकाले नैं शिक्षा, संस्कृति र संस्कार लागायतका कुराहरुका लागि शिक्षाका कार्यक्रम लिएर देश दौडाह र प्रवासमा हिड्ने गरेको बताउनु भयो । चौथो पटक कार्यक्रमका लागि अष्ट्रेलिया आउनु भएको योगीले बालबालिकाहरुका लागि यस्ता कार्यक्रमको निरन्तरतामा ध्यान दिन आग्रह समेत गर्नुभएको थियो ।

 

 कार्यक्रम संयोजक कार्कीले उपस्थित सबैलाई शुभकामना ब्यक्त गर्दै कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो । औपचारकि कार्यक्रममा बोल्दै यूवा उपसंयोजक गिरीले सबै सहयोगी व्यवसाय, संघ संस्था, अबिभावक तथा बालबालिकाहरुलाई कार्यक्रम सफल पार्न गरीदिनु भएको सहयोगका लागि धन्यवाद दिनु भयो । उहाँले डलर १ कापी र कलम परियोजनाको शुभारम्भ एनआरएनए बाट भएकाले अन्तर्राष्ट्रिय स्तारमा पुर्याउन अनुरोध समेत गर्नु भएको थियो । कार्यक्रम संचालन सन्तोष शर्माले गर्नु भएको थियो भने व्यवस्थापनमा सहयोग नेपाली कला संस्कृतिका अध्यक्ष रबिन्द्र कुमार शर्मा, नेपाली भिजनका मेनेजर सिपि मैनाली, गायक राज कुमार गोश्वामी, नेपाली टचका दिपेश पुन, गोर्खा प्यालेशका सन्दिप लामिछाने, समाज सेवी सन्तोश दाहाल, गायक रोजश केसी लगायतले गर्नुभएको थियो ।