News

  • Home
  • News
  • सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलीसंग भेटघाटः

सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलीसंग भेटघाटः



गैरआवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष कुमार पन्तको नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली संग भेटघाट गर्‍यो । यस कार्यक्रममा संघका अध्यक्ष पन्तले भर्खरै सम्पन्न भएको गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन बारे जानकारी गराउनु भयो । उहाँले आगामी दिनमा निर्वचानलाई व्यवस्थित गर्नको लागि अनलाइन मतदानको व्यवस्था गरिने योजना रहेको बताउनु भयो । साथै उहाँले नेपालको आर्थिक समृद्धिमा केही योगदान गर्नकालागि १० अर्बको लगानी नेपाल भित्र्याउने जानकारी दिदै यसका लागि कम्पनी खडा गर्न नेपाल सरकार संग पहल भईरहेको पनि बताउनु भयो । यसका लागि सहजीकरण गरिदन हुनको लागि समेत सम्माननीय प्रधामन्त्रीज्यू समक्ष आग्रह गर्नु भयो ।
सम्माननीय प्रधानमन्त्रीज्यूले सर्वप्रथमतः गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त लगायत नवनिर्वाचित पदाधिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । यस अवसरमा उहाँले  गैरआवासीय नेपालीहरुलाई सकेसम्म स्वदेशमै आएर आफ्नो सीप र क्षमताको उपयोग गर्न, नभए विदेशबाटै गैरआवासीय नेपालीका रुपमा स्वदेशको विकासका लागि विविध क्षेत्रबाट योगदान गर्न आह्वान गर्नु भयो ।
यस अवसरमा उहाँले  नेपाली बाहिर जानु भन्दा देशभित्रै बसेर मुलुक बनाउनको लागि आग्रह गर्नु भयो । साथै उहाले यदि  बाहिर जाने नै हो भने पनि दक्ष भएर जानु पर्ने बताउनु भयो ।
यस भेटघाट कार्यक्रममा संघका अध्यक्ष लगायत पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, नवनिर्वाचित पदाधिकारीहरु, पूर्व पदाधिकारीहरु तथा विभिन्न मुलुकबाट आउनु भएका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
गैरआवासीय नेपाली संघ ।