News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघ र नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय वीच सहमती पत्रमा हस्ताक्षरः

गैरआवासीय नेपाली संघ र नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय वीच सहमती पत्रमा हस्ताक्षरः



नेपाल भ्रमण वर्ष–२०२० लाई भब्य रुपमा सफल बनाउनको लागि नेपाल सरकार नेपाल भ्रमण वर्ष–२०२० र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच सहमती पत्रमा हस्ताक्षर भएको छ । सो सहमती पत्रमा पर्यटन प्रबर्घन सम्बन्धी १७ वटा विषयहरु समावेश गरिएको छ ।
उक्त सहमती पत्रमा संसारभरबाट हरेक गैरआवासीय नेपाली वा संस्थाले एकजना विदेशी साथी नेपाल भ्रमणमा पठाउने र त्यसको अभिलेख दुवै पक्षले राख्ने भएको छ । सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघसंस्थालाई सम्मान गर्नका लागि नेपाल भ्रमण वर्ष–२०२० सचिवालयले नेपाल सरकारसमक्ष सिफारिस गर्ने व्यहोरा सहमतिपत्रमा उल्लेख छ ।
उक्त सहमती पत्रमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको समुपस्थितिमा नेपाल भ्रमण वर्ष–२०२० सचिवालयका संयोजक सुरज वैद्य र गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले हस्ताक्षर गर्नु भएको हो । यस समारेहमा नेपाल सरकारका प्रतिनिधि, नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघका अध्यक्ष लगायत पदाधिकारीहरु, सदस्यहरु, विभिन्न मुलुकबाट ९औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनमा भाग लिन आउनु भएका प्रतिनिधिहरुका साथै संचारकर्मीहरुको उपस्थिति रहेको थियो । यस कार्यक्रम नेपाल पर्यटन बोर्डको सभा कक्षमा भएको थियो ।
सचिवालय
गैरआवासीय नेपाली संघ ।
२० अक्टोवर २०१९