News

  • Home
  • News
  • सबै गैरआवासीय नेपालीहरु आउनु होस मिलेर मुलुकको विकासमा साथ देऔं – संसार भर छरिएर रहेका नेपालीहरुमा नव वर्ष २०२० को स्वागत गर्दछ गैरआवासीय नेपाली संघ

सबै गैरआवासीय नेपालीहरु आउनु होस मिलेर मुलुकको विकासमा साथ देऔं – संसार भर छरिएर रहेका नेपालीहरुमा नव वर्ष २०२० को स्वागत गर्दछ गैरआवासीय नेपाली संघ



गैरआवासीय नेपाली संघ नव वर्ष २०२० को सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । मातृभूमी समृद्ध भए नै व्यक्तिको समृद्धिको अर्थ रहन्छ भन्ने भावनालाई साकार पार्न सघाउने उद्देश्यले बनेको यस संघले आफ्नो स्थापनाकाल बाट नै नेपालको आर्थिक सामाजिक विकासमा सघाउने उद्देश्यले कार्य गर्दै आएको हो । मुलुकमा राजनैतिक परिवर्तनका आन्दोलनको चरण समाप्त भई स्थायी सरकार बनिसकेको र राजनैतिक दलहरुको आर्थिक एजेण्डालाई प्राथमिकतामा राख्न थालेको परिप्रेक्षमा संघको लागि चुनौति र अवसर दुवै थपिएका छन् । गत अक्टोवर महिनामा भएको निर्वाचन पश्चात संघले नयाँ नेतृत्व पाएको छ र यस नेतृत्वले आफ्नो कार्यकालको पहिलो दिन बाट नै मुलुकको समृद्धिलाई सघाउने उद्देश्यले संघलाई बढी व्यवस्थित बनाउने र मुलुकमा बढी भन्दा बढी गैरआवासीय नेपालीहरुको ज्ञान, साधन, श्रोत, परिचालन गर्ने किसिमका कार्यहरु गर्न प्रकृया थालि सकेको छ ।

संघले आफ्ना कृयाकलापहरुलाई बढी व्यवस्थित र परिणाममुखी  बनाउनका लागि विभिन्न समिति र कार्यदल गठन गर्नुका साथै संघका विभिन्न विषयगत् विभाग बनाई पदाधिकारीहरुलाई जिम्मेवारी समेत तोकेको छ । विगत केही समयदेखि चर्चामा रहेको रु. १० अर्व बराबरको कोष खडा गर्नका लागि संघका अध्यक्षको अध्यक्षतामा एक Steering Committee खडा गरी काम सुरु गरिसकेको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न निवर्तमान अध्यक्षको संयोजकत्वमा विशेष कार्यदल बनाई विविध कार्यक्रम सुरु गरिसकेको छ । त्यस्तै नेपाल बाहिर रहेको ज्ञान, सीप र प्रविधिलाई नेपालको हितमा प्रयोग गर्ने उद्देश्यले दोश्रो गैरआवासीय नेपाली विज्ञ सम्मेलन गरिने भएको छ । यस्तो सम्मेलनलाई बढि प्रभावकारी बनाउन अहिले बाट नै नेपालमा विभिन्न सरकारी निकाय एवं उच्चस्तरीय शिक्षण एवं प्राज्ञिक संस्थाहरु संगको सम्पर्क र सहकार्यको थालनी भईसकेको छ । यसै महिनामा नै संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रत्यक्ष बैठक आयोजना गरी आगामी २ वर्षका लागि निश्चित कार्ययोजना तयार पारिने भएको छ । संघमा पदाधिकारीहरुलाई जिम्मा दिने र जिम्मेवारी बाहनको परिवेक्षण एवं मुल्यांकनको प्रकृया शुरु गरिएको छ । संघले विगत देखी नै थालेका परियोजनाहरुलाई पूर्ण गराई हस्तान्तरण गर्ने अभियान नै थालिएको छ ।

२०२० संघका लागि धेरै नै महत्वपूर्ण र उपलब्धिमुलक बर्ष हुने अपेक्षा वर्तमान नेतृत्वको रहेको छ । यस नयाँ वर्ष २०२० को उपलक्ष्यमा समृद्धिका लागि साथ दिन सबैमा संघ अनुरोध गर्दछ । आउनु होस सबै मिलेर संघका कृयाकलापलाई बढी प्रभावकारी र परिणाममुखी बनाऔं र मुलुकमा समृद्धि हासिल गर्न योगदान गरौं ।

नयाँ वर्षको सुखद उपलक्ष्यमा सबैमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना !

                                                                                                                                                                               डि.बि क्षेत्री,

                                                                                                                                                                             प्रवक्ता,
                                                                                                                                                               अन्तर्राष्ट्रिय समन्वय परिषद्
                                                                                                                                                                गैरआवासीय नेपाली संघ ।
                                                                                                                                                                     १ जनवरी २०२०