News

  • Home
  • News
  • लैंगिक सचेतना तथा महिला नेतृत्वमा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्नः

लैंगिक सचेतना तथा महिला नेतृत्वमा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्नः



गैरआवासीय नेपाली संघको महिला विभागको आयोजनामा शनिवार आयोजित ‘लैंगिक सचेतना तथा महिला नेतृत्वमा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा संघका कार्यकारी अध्यक्ष रविना थापाले शनिवार आयोजित उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपालीले समाजले अझै महिलाको नेतृत्वलाई सहज रुपमा स्वीकार नगरेको विचार व्यक्त गर्नु भयो । उहाँले समाजमा मानसिक हिंसाजन्य घटना बढ्दो रहेको जानकारी गराउनु भयो । साथै उहाँले समाजमा रहेका लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक सांस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई सधैंको लागि अन्त्य गर्न जोड दिनु भयो ।

गैरआवासीय नेपाली संघको महिला उपाध्यक्ष यसमिन बेगमको सभापतित्वमा सम्पन्न कार्यक्रममा थापाले नेपालमा लैंगिक हिंसाबाट प्रत्येक चार महिलामा एक जनाभन्दा बढी प्रभावित हुने गरेको बताउनु भयो । उहाँले समाजमा महिलाको क्षमतामा प्रश्न गर्ने, नचाहिदा अफवाह फैलाउने, लगायतका मानसिक हिंसाजन्य घटना बढ्दो रहेको बताइन् । थापाले समाजिक हिंसाज्य घट्नालाई अन्त्य गर्नको लागि एकजुट हुन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसीले विकसित समाजमा समेत प्रयाप्त रुपमा महिलाहरु हिंसा रहेको बताउँदै महिला हिंसा समाजमा बिकृतिको रुपमा रहेको बताउनु भयो । उहाँले महिलाहरुमा हुने हिंसाको अन्त्य गर्न जनसचेतना आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा नवनिर्वाचित सांसद माननीय विद्या भट्टाईले लैगिक असमनता कै कारण लैगिक हिंसा हुने हुँदा सचेतनाका कार्यक्रमहरुले सहयोग गर्ने विचार व्यक्त गर्नु भयो । उहाँले नेपालमा साइबर क्राइम, यौन हिंसाकाहरु निर्मुल गर्न कडा कानुनको अभाव रहेको बताउनु भयो । उहाँले हिंसा रोक्न महिलाहरुको सक्रिय सहभागिताको जरुरी र युवा पुस्ताका महिलाहरुको राजनीतिमा सहभागिताले समाज परिवर्तनमा सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रमा माननीय सांसद जुली महतोले महिला समावेशी भएर नेतृत्वमा आउदा पनि निर्णायक भूमिकामा महिलाको सहभागिता अझैँ कम रहेको बताउनु भयो । उहाँले समाजिक सिहंसाको अन्त्य गर्न महिलाले नेतृत्व लिनु पर्नेमा जोड दिनु भयो । महतोले गैरआवासीय नेपालीहरुले विदेशका अन्य देशमा भएका महिला हिंसा बिरुद्धका सम्बन्धी कानून बमोजिम पनि नेपालमा हुने हिंसा अन्त्य गर्न सुझाव दिन सक्ने बताउनु भयो । उहाँले विदेशमा रहेका नेपालीहरुलाई महिला हिंसाको अन्त्यका लागि आवश्यक सहयोग गर्न अपील समेत गर्नु भयो । उहाँले नेपाली महिलाहरुलाई शिक्षा र आर्थिक क्षेत्रमा अघि बढाएर महिलाहरुलाई स्ववालम्बी बनाउनु पर्नेमा जोड दिनु भयो ।

महिला संयोजकहरु विमला सापकोटा र संगिता मरहट्टाले स्वागत मन्तव्य दिएको कार्यक्रममा कन्चन थापा, रजनी प्रधान, निर्मला शर्मा, संगिता अधिकारी, पुन्यवति सुवेदी, मदन लुइटेल, सुजाता बस्नेत, राधा पोखरेल, रुविना शर्मा लगायतले महिला हिंसाका बिरुद्धमा आआफ्ना भनाईहरु राखेका थिए । कार्यक्रमको निष्कर्ष संघका मिडिया समितिका सहसंयोजक बाबा राजेश्वरी थापाले पढेर सुनाउनु भएको थियो भने कार्यक्रम संचालन संघकी सचिव राधिका गुरुङले गर्नु भएको थियो ।

यस कार्यक्रम करीव १०० जनाभन्दा बढी  गैरआवासीय नेपाली अभियन्ताहरुको सहभागीता रहेको थियो ।