News

  • Home
  • News
  • उदयपुरको गाईघाटमा स्तन क्यान्सर परीक्षण र जनचेतना जगाउन निशुल्क स्वास्थ्य शिविर सञ्चालन

उदयपुरको गाईघाटमा स्तन क्यान्सर परीक्षण र जनचेतना जगाउन निशुल्क स्वास्थ्य शिविर सञ्चालन



गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको आयोजना तथा पहलमा गाईघाट त्रियुगा हाईस्कुलमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो । यस शिविरमा उदयपुरका विभिन्न ग्रामीण भेगबाट ३०० भन्दा बढी महिलाले सहभागीता जनाएका थिए । स्वास्थ्य शिविरमा त्रियुगा नगरपालिका वडा नम्बर ११ र उदयपुर जेसीको सहयोग रहेको थियो । परराष्ट्रमन्त्री डा नारायण खड्काले स्वास्थ्य शिविरको उद्घाटन गर्दै यस्तो नोबेल र मानवीय कार्यका लागि गैरआवासीय नेपाली संघलाई धन्यवाद दिनु भएको थियो ।

 

स्वास्थ्य शिविरको संयोजन स्वास्थ्य समितिका सभापति डा सञ्जीव सापकोटाले गर्नु भएको थियो । महिलाहरुको जाँच गर्ने विज्ञहरुमा क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही हुनुहुन्थ्यो भने डा पूनम केसी, नर्भिक अस्पतालका नर्सिङ निर्देशक; उदयपुर जिल्ला अस्पतालका मेडिकल अधिकृत डा अमृत कर्णले परिक्षणका दौरान सक्रियताका साथ सहयोग गर्नु भएको थियो । उदयपुर जेसिसकी सुश्री साबु थापाको सहयोगमा स्वास्थ्य शिविरको तयारी र व्यवस्थापन; गाईघाटका फर्मासिस्ट ब्रम्हदेव महतो र त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सुमन्त कोइरालाको पनि उपस्थिति रहेको थियो । स्वास्थ्य शिविरको बारेमा समुदायले राम्रो प्रतिक्रिया दिँदै यसपटक सहभागी हुन नसकेका महिलाले स्वास्थ्य लाभ लिन सक्ने गरी यस्तो शिविर दोहोर्‍याउनुपर्ने बताएका थिए ।

यस अघि गत महिना संघकी कार्यकारी अध्यक्ष रविना थापाले गाईघाटको भ्रमण गर्नु भएको र सो क्षेत्रमा स्वास्थ्य शिविर संचालन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँले स्वास्थ्य शिविर संचालन गर्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिनु भएको छ ।

स्वास्थ्य समिति

गैरआवासीय नेपाली संघ ।