News

  • Home
  • News
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीसंग भेटघाटः

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीसंग भेटघाटः



गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले आज राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीसंग भेट गर्नु भयो । सो अवसरमा उहाँले लाप्राक एकीकृत नमूना वस्ति परियोजनाका अवस्था र हाल सम्म भएका प्रगती बारे जानकारी गराउनु भयो । साथै उहाँले लाभग्रहीलाई घरहरु हस्तान्तरण गर्नको लागि आवश्यक कित्ताकाट प्रकिया अघि बढाउन एवं लालपूर्जा उपलव्ध गराउन अनुरोध गर्नु भयो । यसका साथै उहाँले साइटको अवस्था अनुसारको परिमार्जित गुरु योजना, गोला प्रथाबाट तोकिएको लाभग्रहीको सूची र घर नम्बर सहितको आवश्यक कागजातहरु प्रमुख कार्यकारी अधिकृतलाई हस्तान्तरण पनि गर्नु भयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले संघले निर्माण गरिरहेको एकीकृत नमूना वस्ती प्राधिकरणले सुरु देखी नै सहकार्य तथा सहयोग गरिरहेको र यसको निरन्तरता रही रहने जानकारी दिनु भयो । साथै उहाँले नमूना वस्तीलाई साच्चै नमूना वस्ती बनाउन वस्तीमा आर्थिक क्रियाकलाप बढाउने किसिमका योजना समेत संघको सहभागीताका लागि अनुरोध गर्नु भयो ।

यस भेटभाटमा संघका मानार्थ परिषद्का सदस्य सुभाष अधिकारीको सहभागीता रहेको थियो ।

गैरआवासीय नेपाली संघ ।