News

  • Home
  • News
  • माल्टामा राष्ट्रिय समन्वय परिषद् गठनः

माल्टामा राष्ट्रिय समन्वय परिषद् गठनः



माल्टामा तेज वहादुर लिम्वुको अध्यक्षतामा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् गठन गरिएको छ । यो गैरआवासीय नेपाली संघको ८०औं राष्ट्रिय समन्वय परिषद् हो । माल्टा सहित अब युरोप क्षेत्रमा संघका २९ वटा राष्ट्रिय समन्वय परिषद गठन भएका छन् । माल्टा भूमध्य सागर स्थित दक्षिण युरोपमा रहेको टापु राष्ट्र हो ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले कार्यसमितिमा चुनिएका पदाधिकारीलाई मंगलवार पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । यसरी नै संघका अध्यक्ष भवन भट्टले नयाँ गठित एनसिसि माल्टाको उत्तोरोत्तर प्रगतिको लागि शुभकामना सन्देश पठाउनु भएको थियो ।

भेलाले तेज वहादुर लिम्वुको अध्यक्षतामा संघको २५ सदस्सीय माल्टा राष्ट्रिय समन्वयन समितिको तर्दथ समिति गठन गरेको छ ।

यस्तै समितिमा उपाध्यक्षहरु रेमलाल खनाल, कृष्ण थापा, महासचिवमा सन्देश केसी, सचिवमा शंकर पोखरेल, कोषाध्यक्षमा सदिन पोखरेल, सहकोषाध्यक्षमा सरिता राई रहनु भएको छ । भेलाले महिला संयोजक सुस्मा राई, युवा संयोजक रोसन गिरी र सदस्यहरुमा शुसिल अधिकारी, वासुदेव अधिकारी, राजिव दाहाल, शंकर खत्री, कुश कुमारी गुरुङ, महेश्वर श्रेष्ठ, शंकर गुरुङ, मनिता शेढाई, निरज ढकाल, प्रदीप काफ्ले, शिव शंकर राय, अर्जुन पौडेल, दिपक खनाल, विरेन्द्र घिमिरे, मनिष अर्याल, अर्विन पौडेल चयन गरेको छ ।

भेलामा गैरआवासीय नेपाली संघको तर्फबाट उपाध्यक्ष कुमार पन्तका अतिरिक्त सहकोषाध्यक्ष सोम नाथ सापकोटा, युरोप संयोजक शिव वरुवाल लगायतको उपस्थिती थियो ।