News

  • Home
  • News
  • परोपकारी परियोजना अन्तर्गत एनसिसि जर्मनीद्वारा सहयोग प्रदान

परोपकारी परियोजना अन्तर्गत एनसिसि जर्मनीद्वारा सहयोग प्रदान



गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनी बाट दार्चूला जिल्लाको महाकाली नदीमा आएको बाढीबाट प्रभावित “जिल्ला स्वास्थ्य कार्यालय”, दार्चूलालाई शैय्या उपलव्ध गराउनको लागि उपलव्ध रकम रु. ६,१५,४९८।७५ गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेले जिल्ला प्रशासन कार्यालय दार्चूलाको सिफारिस बमोजिम श्री मोहन सिंह साउदलाई आज हस्तान्तरण गर्नु भयो ।

 

सो अवसरमा अध्यक्ष लामिछानेले सहयोग रकम उपलव्ध गराउने राष्ट्रिय समन्वय परिषद जर्मनीलाई हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले यस अघि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख रुपैयां हस्तान्तरण गरेको थियो ।
यो रकम सहित गैरआवासीय नेपाली संघबाट बाढी पिडितका लागि उपलव्ध सहयोगको कूल रकम ५६ लाख १५ हजार ४ सय ९८ नब्बे र पैसा ७५ रहेको छ ।
गैरआवासीय नेपाली संघ सचिवालय
मितिः १५ सेप्टेम्वर २०१३
 

सो अवसरमा अध्यक्ष लामिछानेले सहयोग रकम उपलव्ध गराउने राष्ट्रिय समन्वय परिषद जर्मनीलाई हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले यस अघि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख रुपैयां हस्तान्तरण गरेको थियो । यो रकम सहित गैरआवासीय नेपाली संघबाट बाढी पिडितका लागि उपलव्ध सहयोगको कूल रकम ५६ लाख १५ हजार ४ सय ९८ नब्बे र पैसा ७५ रहेको छ ।

 

गैरआवासीय नेपाली संघ सचिवालय

मितिः १५ सेप्टेम्वर २०१३