News

  • Home
  • News
  • परोपकारी परियोजना अन्तर्गत एनसिसि नाईजेरियाद्वारा सहयोग प्रदान

परोपकारी परियोजना अन्तर्गत एनसिसि नाईजेरियाद्वारा सहयोग प्रदान



आज मिति २०७२ वैशाख ५ आईतवारका दिन परोपकारी परियोजना अन्तर्गत राष्ट्रिय समन्वय परिषद् नाईजेरियाले गएको साल महाभूकम्पले क्षति पुर्‍याएको सेती भूमि मा.वि राम्चे, रसुवालाई १५ लाख र कक्षा कोठा निर्माणको लागि एनसिसि नाईजेरियाद्वारा संचालित नेपाल प्रोजेक्ट २०१६ अन्तर्गत सत्यसाई विद्यालय., धरानलाई ९ लाख १ हजार सयहोग स्वरुप प्रदान गरेको छ ।

 

आज गैरआवासीय नेपाली संघ सचिवालयमा हस्तान्तरण कार्यक्रम पछि दुवै जना माननीय सदस्यहरुले यस्तो महत्वपूर्ण परोपकारी कार्यमा सहयोग गरेकोमा गैरआवासीय नेपाली संघ र राष्ट्रिय समन्वय परिषद् नाईजेरियालाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो ।भएको एक कार्यक्रम विच सो रकमहरु रसुवाका सांसद श्री जनार्दन शर्मा र सुनसरीबाट प्रतिनिधित्व गर्नुहुने सांसद श्री मिन विश्वकर्मालाई अन्तर्राष्ट्रिय समन्वय परिषद गैरआवासीय नेपाली संघका  कोषाध्यक्ष हिक्मत थापाले हस्तान्तरण गर्नु भयो ।

 

 

यस कार्यक्रममा संघका कोषाध्यक्ष हिक्मत थापा लगायत गैरआवासीय नेपाली संघका युवा उपसंयोजक लोकराज शर्मा, रसीया र युकेबाट प्रतिनिधित्व गर्नु हुने अन्तर्राष्ट्रि समन्वय परिषद्का सदस्यद्वय गोविन्द प्रसाद गांैतम र विश्वासदिप तिगेला, तान्जानियका पूर्व आईसिसि सदस्य भरत रिजाल, विभिन्न मुलुकका गैरआवासीय नेपालीहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

गैरआवासीय नेपाली संघ सचिवालय,

काठमाण्डौं ।