News

  • Home
  • News
  • नागरिकता विधयेक बारे छलफल

नागरिकता विधयेक बारे छलफल



नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के. पी. शर्मा ओलीज्यूसंग भेटघाट

१२ जुलाई २०२२ ।

गैरआवासीय नेपाली संघको एक प्रतिनिधि मंडलले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष माननीय केपी शर्मा ओलीज्यूसंग उहाँको निवास बालकोटभक्तपुरमा गई भेटघाट गर्यो । प्रतिनिधि मंडलका पदाधिकारीहरुले सरकारले प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता विधेयक बारे छलफल गरेका थिए । उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्यअध्यक्ष डा बद्रि केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतका पदाधिकारीहरुले यो विधेयक ल्याउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा पार्टीका अध्यक्षज्यू लगायत नेकपा एमाले  प्रति हार्दिक धन्यवाद प्रकट गर्नु भयो । उहाँहरुले यो विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई गैरआवासीय नेपालीहरुको भावना अनुरुप पारित गराउन पहल गरिदिनहुनको लागि हार्दिक आग्रह गर्नु भयो ।

पार्टिका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले “एक पल्टको नेपाली सधैको नेपाली” भन्ने तपाईहरुको पवित्र भावनालाई संविधानमा  संस्थागत गरेको आवगत गराउनु भयो । उहाले विदेशमा बसेका सबै नेपालीले देशको समृद्धिमा सहयोग गरिरहेको बताउनु भयो । त्यसैलेसंविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि जुन व्यस्था गरिएको छ त्यही अनुरुप विधेयक आउने र सोहि अनुरुप संसदीय प्रकृयाबाट पास गरिने जानकारी उहाले गराउनु भयो । यसमा आफ्नो र पार्टीको तर्फबाट यहाँहरुलाई पूर्ण सहयोग रहने बताउनु भयो ।

यस कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व मन्त्रि माननीय विष्णु पौडेल, संघको तर्फबाट युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोप क्षेत्रका युवा संयोजक रमेश काफ्ले, लगायतका प्रतिनिधिहरु, र सचिवालयका  अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माननीय माधव कुमार नेपालज्यूसंग भेटघाट

१२ जुलाई २०२२ ।

 

 

गैरआवासीय नेपाली संघको एक प्रतिनिधि मंडलले पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माननीय माधव कुमार नेपालसंग उहाँको निवास सहयोगीनगरकाठमाडौँमा गई भेटघाट गर्यो । प्रतिनिधि मंडलका पदाधिकारीहरुले सरकारले प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता विधेयक बारे छलफल गरेका थिए । उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्यअध्यक्ष डा बद्रि केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतका पदाधिकारीहरुले यो विधेयक ल्याउनको लागि सहयोग गरेकोमा पार्टीका अध्यक्षज्यू लगायत नेकपा (एकीकृत समाजवादी) प्रति हार्दिक धन्यवाद प्रकट गर्नु भयो । उहाँहरुले यो विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गराई विश्वमा रहेका सम्पूर्ण गैरआवासीय नेपालीहरुको भावनालाई संबोधन गर्न हार्दिक आग्रह गर्नु भयो ।

यसको प्रतिउत्तरमा पार्टिका अध्यक्ष नेपालले संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि जुन व्यस्था गरिएको छ त्यही अनुरुप विधेयक आउने र प्रतिनिधिसभा पेश हुने नागरिकता विधेयकमा केहि कुरा छुटेको भए संसोधन सहित पास गरिने  जानकारी गराउनु भयो । यसमा आफ्नो र पार्टीको तर्फबाट यहाँहरुलाई पूर्ण सहयोग रहने बताउनु भयो ।

यस कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का नेता सोम प्रसाद पाण्डेय, संघको तर्फबाट युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोप क्षेत्रका युवा संयोजक रमेश काफ्ले, लगायतका प्रतिनिधिहरु, र सचिवालयका  अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।

कानुनन्याय तथा संसदीय मामिला मन्त्री माननीय गोविन्द प्रसाद शर्मा (कोईराला) र गैरआवासीय नेपाली संघका प्रतिनिधि मंडल बीच भेट

१२ जुलाई २०२२ ।

 

 

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्री के. सी. को नेतृत्वमा  संघको एक प्रतिनिधि मंडलले कानुनन्याय तथा संसदीय मामिला मन्त्री माननीय गोबवन्द प्रसाद शर्मा (कोईराला)ज्यूसंग भेट गर्यो

प्रतिनिधि मंडलका पदाधिकारीहरुले सरकारले प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता विधेयक बारे छलफल गरेका थिए । उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्रि केसी लगायतका पदाधिकारीहरुले यो विधेयक ल्याउनको लागि सहयोग गर्नु भएकोमा माननीय मन्त्रीज्यू प्रति हार्दिक धन्यवाद प्रकट गर्नु भयो । उहाँहरुले यो विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गर्नको लागि पहल गरिदनु हुन आग्रह गरेका थिए ।

यस कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का नेता सोम प्रसाद पाण्डेय, संघको तर्फबाट युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोप क्षेत्रका युवा संयोजक रमेश काफ्ले, लगायतका प्रतिनिधिहरु, र सचिवालयका  अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।

परराष्ट्र मन्त्री र गैरआवासीय नेपाली संघका प्रतिनिधि मंडल बीच भेट

१३ जुलाई २०२२

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्री के. सी. को नेतृत्वमा  संघको एक प्रतिनिधि मंडलले परराष्ट्र मन्त्री डा नारायण खड्काज्यूसंग भेटघाट गर्यो

प्रतिनिधि मंडलका पदाधिकारीहरुले सरकारले प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता विधेयक बारे छलफल गरेका थिए । प्रतिनिधि मंडलका पदाधिकारीहरुले यो विधेयक ल्याउनको लागि उल्लेखनिय भूमिका निर्वाह गर्नु भएकोमा माननीय मन्त्रीज्यू प्रति हार्दिक धन्यवाद प्रकट गर्नु भयो । उहाँहरुले यो विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गर्नको लागि पहल गरिदनु हुन आग्रह गरेका थिए ।

मुख्य सचिव र गैरआवासीय नेपालीसंघका अध्यक्षहरु वीच छलफलः

१३ जुलाई २०२२

   

 

नेपाल सरकारका मुख्य सचिव शंकर दास वैरागी र गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्री के. सी. वीच भेटवार्ता सम्पन्न भयो ।

उहाँहरुले सरकारले प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता विधेयक बारे छलफल गरेका थिए । यो विधेयक ल्याउनको लागि सहयोग गरिदिनु भएकोमा धन्यवाद प्रकट गर्नुका साथै यो विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गर्नको लागि पहल गरिदनु हुन आग्रह गरेका थिए ।