News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघ र राष्ट्रिय प्रकृती संरक्षण कोष विच भेटघाट कार्यक्रमः

गैरआवासीय नेपाली संघ र राष्ट्रिय प्रकृती संरक्षण कोष विच भेटघाट कार्यक्रमः



गैरआवासीय संघका अध्यक्ष डा बद्रि केसि र राष्ट्रिय प्रकृती संरक्षणकोषका सदस्य सचिव शरद चन्द्र अधिकारी लगायतका प्रतिनिधिहरु वीच खुमलटारमा रहेको कोषको कार्यलयमा भएको थियो । कोषका सदस्य सचिवले स्वागत गर्दै कोषले स्थापनाकाल देखी गर्दै आएको गतिविधिहरुबारे जानकारी गराउनु भयो । साथै कोषले गरेका क्रियाकलापहरु बारे प्रस्तुतीकरणा समेत गरिएको थियो । मुख्यतया प्रस्तुतीकरणमा कोषले झापा, चितवन, वर्दिया शुक्लाफाट लगायतका विभिन्न तराईका जिल्लाहरुमा समुदायमा आधारीत वन जन्तु संरक्षण, वातावरण संरक्षण लगायतका कार्यक्रमहरुको हाइलाईट गरिएको थियो ।
आजको भेटघाटको मुख्य उद्देश्य संरक्षणकोषले विविध क्षेत्रमा संचालन गरिरहेका कार्यक्रमहरु मध्ये कुन क्षेत्रमा सहकार्य गर्न सकिन्छ बारेमा केन्द्रित रहेको थियो ।
कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष डा केसिले संघले स्थापनाकाल देखी नै संचालन गरेका गतिविधिहरुबारे अवगत गराउनु भयो । उहाँले संघले हरेक २ वर्षमा नेपालमा विज्ञ सम्मेलनको आयोजना गर्दै आएको छ भने विश्वका विभिन्न क्षेत्रहरुमा क्षेत्रीय ज्ञान सिप सम्मेलनको पनि आयोजना हुदै आएको बारे जानकारी गराउनु भयो । उहाँले विभिन्न मुलुकहरुमा गैरआवासीय नेपालीहरुले ज्ञान सीप तथा प्रविधिको क्षेत्रमा विद्वता हासिल गरेको समेत जानकारी गराउनु भयो ।
अन्त्यमा उहाँले कोषले आज प्रस्तु गरेको क्षेत्रमा MoU मार्फत सहकार्य गरी अघि बढ्नु पर्ने बताउनु भयो । साथै उहाँले विदेशमा रहेका गैरआवासीय नेपालीका दोश्रो पुस्तालाई यहाँको वन्यजन्तु संरक्षणमा अध्ययन गर्न र विदेशमा रहेर यस विषयमा विज्ञता हासिल गरेका विज्ञहरुलाई समेत समेटर लान सुझाव दिनु भयो । उहाँले यस कार्यक्रममा बोलाउनु भएकोमा कोष प्रति आभार प्रकट गर्नु भयो ।