News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघ प्रतिनिधि मण्डलको वैदेशिक रोजगार विभागका महानिर्देशक संघ भेटः

गैरआवासीय नेपाली संघ प्रतिनिधि मण्डलको वैदेशिक रोजगार विभागका महानिर्देशक संघ भेटः



आज मिति ५ फागुन तद् अनुसार १७ फेव्रुवरीका दिन गैरआवासीय नेपाली संघका महासचिव कुमार पन्तको नेतृत्वमा संघका प्रतिनिधि मण्डलले वैदेशिक रोजगार विभागका महानिर्देशक, कृष्णहरि पुस्करसंग भेट गर्‍यो । सो अवसरमा संघका तर्फवाट महिला संयोजक सपिला राजभण्डारी, संरक्षक रामेश्वर शाह तथा राष्ट्रिय समन्वय परिषद् बराईनका निवर्तमान अध्यक्ष श्याम तामाङ्ग तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष राम प्रसाद भन्तानाको सहभागिता रहेको थियो ।महानिर्देशकले संघका प्रतिनिधिहरुलाई विभागमा स्वागत गर्न पाउनु खुशिको कुरा भएको व्यक्त गर्दै आफू संघ संग सहकार्य गर्न सदैव तत्पर रहेको वताए । आफू विभागमा नयाँ भएपनि श्रम सहचारीको रुपमा आफूले विभिन्न मूलूकहरुबाट आर्जन गरेको ज्ञानको सदुपयोग गर्ने वताउँदै महिला श्रमिकहरु प्रति अत्यन्तै सम्वेदनशिल रहेको वताउनु भयो । संघ तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई यस बिषयमा धेरै ज्ञान, अनुभव र जानकारी भएकोले उहाँहरुको सल्लाह र सुझाव आफूले सकेसम्म कार्यान्वयन गर्ने र लिखित रुपमा सूझावहरु पेश गर्न अनुरोध गर्नु भयो । महासचिव कुमार पन्तले यो शिष्टाचार भेट रहेको र संघको वैदेशिक रोजगार कार्यदल मार्फत आगामी दिनमा लिखित सुझाव पेश गर्ने जानकारी गराउँदै संघले भर्खरै स्थापना गरेको वैदेशिक रोजगार रहात कोष बारे अवगत गराउनु भयो । महानिर्देशकज्यूले यो एकदम आशा लाग्दो कदम भएको र गैरआवासीय नेपाली संघ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ तथा नेपाल सरकारको त्रिपक्ष सम्झौतामा कार्यान्वयन गरिएमा लाभदायी हुने सुझाव दिनु भयो । यसै गरी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष राम प्रसाद भन्तानाले वैदेशिक रोजगारीमा जाँदा कल्याणकारी कोषमा वुझाउने रकम मध्यवाट केहि अशं यस कोषमा जम्मा गरेमा अझ प्रभावकारी हुन सक्ने आंल्याउनु भयो ।

 

महिला संयोजक सपिला राजभण्डारीले संघले प्रकाशित गरी सम्पूर्ण गा.बि.स. मा बितरण गरेको वैदेशिक रोजगार सम्वन्धि हाते पुस्तिका हस्तान्तरण गर्दै यसमा श्रम बिभागका महानिर्देशको सल्लाह र सुभावहरु माग्नु भयो । उहाँले वैदेशिक रोगारीमा जाने महिलाहरुलाई प्रदान गर्दै आएको विभिन्न शिपमूलक तालिमहरु सम्वन्धि जानकारी दिन अनुरोध गर्दै यसको स्थलगत अध्ययन गर्न आफू तयार रहेको वताउनु भयो । उहाँले काल्याणकारी कोषमा जम्मा गर्नु पर्ने रकम सरल रुपमा दाखिला गर्ने व्यवस्था मिलाउन अनुरोध गर्नु भएकोमा महानिर्देशकज्यू अब छिट्टै नेपालको जुनसुकै शहरवाट पनि सो कोषमा रकम दाखिला गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो । यसै अवसरमा महिला संयोजकले नेपाल फर्केर आउने वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको पुनरस्थापना सम्वन्धि विभागले सहयोग गर्न पर्ने र यस वारेमा सूचना मूलक संदेशहरु पनि संप्रेष्ण गर्न पर्ने सुझाव दिनु भयो । सोही अवसरमा राष्ट्रिय समन्वय परिषद् बराईनका निवर्तमान अध्यक्ष श्याम तामाङ्गले बराईनमा मे ८ र ९ मा हुनगईरहेको मध्यपूर्वको क्षेत्रिय भेलामा महानिर्देशकज्युलाई आमन्त्रण गर्नु भयो ।