News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघका प्रतिमंडलद्वारा भेटघाट कार्यक्रम सम्पन्न

गैरआवासीय नेपाली संघका प्रतिमंडलद्वारा भेटघाट कार्यक्रम सम्पन्न



आज मिति अगष्ट ४ का दिन गैरआवासीय नेपाली सघका उपाध्यक्ष तथा वैदेशिक रोजगार कल्याणकारी समितिका सभापति टिवि कार्कीको नेतृत्वमा गएको प्रतिनिधि मंडलले माननीय परराष्ट्र मन्त्री र माननीय श्रम राज्यमन्त्री संग वेग्ला वेग्लै भेट गर्यो । सो भेटघाट कार्यक्रममा विशेश गरी मध्यपूर्वमा जाने नेपाली कामदारहरुका समस्याहरु बारे छलफल भएको थियो । सो छलफलका दौरान गैरआवासीय नेपाली संघ मध्यपूर्वका क्षेत्रीय संयोजक चन्द्र वहादुर रोकाहाले दुवै माननीय मन्त्रीज्यूहरु समक्ष ज्ञापन पत्रमा उल्लेख भएका मुख्य बुँदाहरु पढेर सुनाउनुका साथै यस बारेमा विस्तृत जानकारी गराउनु भयो । सो ज्ञापन पत्र संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार कल्याणकारी समितिका सभापति टिवि कार्कीले माननीय मन्त्रीज्यहरुलाई हस्तान्तरण गर्नु भयो । यसको प्रतिउत्तरमा माननीय मन्त्रीज्यहरुले ज्ञापन पत्र सहित समस्यहरु बारे जानकारी गराएकोमा संघलाई धन्यवाद ज्ञापन गर्नु भयो । यसका साथै उहाँहरुले यस बारे सम्बन्धीत निकायहरुमा छलफल गरेर यस क्षेत्रलाई सुरक्षित र व्यवस्थति गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

ज्ञापन पत्रको बुद्धाहरु:

१)      एम आरपी पासपोर्ट लिने प्रक्रिया यथाशिघ्र सहज हुनुपर्यो ।

२)      बैदेशिक रोजगारीमा जाने नागरिकहरुको विमा ५ लाखबाट बृद्धि गरी अनिवार्य १० लाख गर्न नेपाल सरकारलाई बिशेष अनुरोध गर्दछौ।

३)     हाउसमेडमा जाने अधिकांश महिलाहरु भारत हुँदै अबैधानिक बाटो हुँदै खाडीमा रोजगारीमा जाने हुँदा भारत सरकारसंग समन्वय गरी तत्काल रोक्ने व्यवस्था गरदिने ।

४)      बैदेशिक रोजगार बाट फर्केका नेपाली लाई पुनर्स्थापना गर्न बिशेष नीति तथा कार्यक्रमको ब्यबस्थाको लागि पहल गरिदने ।

५)      बैधानिक रेमिट्यान्स च्यानलबाट पैसा पठाउने नेपाली लाई बिशेष सहुलियत तथा पुरस्कार को ब्यबस्था गरिदिने ।

६)      ब्याक्तिगत तथा भिजिट भिसा खुला तथा ब्यबस्थित गरिदिने ।

७)      महिलाको हकमा उमेरको हदबन्दी खारेज गरी नेपाली नियोगमा दर्ता गर्ने अनिबार्य ब्यबस्था र श्रम स्वीकृति प्रक्रिया सहज गर्ने ।

८)      बैदेशिक रोजगारीमा जानेहरुले तिरेको रकम पारदर्शी र शुल्क बुझाएको रशिद उपलब्ध गराउने पर्ने ।

९)      लेबनान, कुर्दिस्तान र दुबई मा यथाशिघ्र कन्सुलेटको स्थापनाको लागि पहल गरिदिने ।

१०)  नेपाली दुताबास देखि टाढा दुर्गम क्षेत्रमा रहेका नेपाली हरुको लागि उक्ता क्षेत्रमा कन्सुलेटको वा मोबाइल सेवाको व्यवस्थका लागि पहल गरिदिने ।

११)  कागजपत्र प्रमाणीकरण ” नोटारी पब्लिक” बाट नभएर परराष्ट्र मन्त्रालय वा नेपाली दुताबासबाट हुनुपर्ने व्यवस्था गरिदिने ।

१२)  बैदेशिक रोजगार अनुमति प्रक्रिया शिघ्र, ब्यबस्थित र सहज बनाउनको लागि पहल गरिदिने ।

१३)  प्रवासी नेपाली श्रमिकहरुको हक, हित र सुविधाका सरोकारहरुलाई नियमित र संस्थागत रुपमै नेपाल सरकारसम्म पुर्याउन एनआरएनएलाई वैदेशिक रोजगार ऐन २०६४ मा संशोधन गरी वैदेशिक रोजगार निर्देशक समिति र वैदेशिक रोजगार प्रबर्द्धन बोर्डमा प्रतिनिधित्व ब्यबस्थाको लागि पहल गरिदने ।

१४)  नोवेम्बर २०१४ मा हुने सार्क सम्मेलन मा कामदार पाठाउने राष्ट्र बीच कामदार सुरक्षा तथा उनीहरुले पाउने सुविधामा एकरुपता ल्याउने बिशेष प्रस्ताबको पहल गरिदिने ।

१५)  सुरक्षित, व्यवस्थित र मर्यादित बैदेशिक रोजगारलाई आधारभुत रुपमा नै कार्यान्वयन गर्नको लागि माध्यमिक तहबाट नै प्राविधिक शिक्षाको अवधारणालाई अनिवार्य कार्यान्वयन गर्न नेपाल सरकार संग माग अनुरोध गर्दछौं ।

१६)  वैदेशिक रोजगारीमा गएका नागरिकहरुको लागि एक कोषको स्थापना गरि वैदेशिक रोजगारमा निश्चित अवधि विताएर पुरा गरेर नेपाल फर्के पछि नियमित निवृत्तिभरण पाउने व्यवस्था गर्न, बैदेशिक रोजगारीबाट फर्केका नागरिकलाई उसले हासिल गरेको सिप अनुसारको व्यवशाय गर्न चाहेमा सुलभ व्याजदरमा ऋण उपलब्ध गराउन नेपाल सरकारसंग अनुरोध गर्दछौं ।

१७)  एक हजार भन्दा बढि महिला कामदार भएको मुलुकमा अनिवार्य आश्रय स्थल स्थापना गर्नको लागि पहल गर्न नेपाल सरकारलाई अनुरोध गर्दछौं ।

१८)  प्रवासी नेपाली श्रमिकहरुको हक, हित र सुविधाका सरोकारहरुलाई नियमित र संस्थागत रुपमै नेपाल सरकारसम्म पु¥याउन एनआरएनएलाई वैदेशिक रोजगार ऐन २०६४ मा संशोधन गरी वैदेशिक रोजगार निर्देशक समिति र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा प्रतिनिधित्वको लागि माग गर्दछौ ।

१९)  नेपाली दुताबास साधन श्रोत सम्पन्न र श्रमिक मैत्री हुनको लागि अनुरोध गर्दछौं ।

२०)  बैदेशिक रोजगार मा जानेको बिमा गर्ने कम्पनी र पाइने सुबिधामा पुनरावलोकन, पुनर्मूल्यांकन गर्ने ।

२१)  युएईमा मृत्युदण्डको सजायं भोगिरहेका अमर बहादुर बम को जिबन रक्षा को लागी बिशेष कुटनीतिक पहलको लागि अनुरोध गर्दछौं ।

२२)  बैदेशिक रोजगार पर्बर्दन बोर्ड कल्याणकारी कोष बाट गम्भीर रोग लागेका श्रमिकहरुलाई    आर्थिक सहयोग गर्ने ब्यबस्था मिलाउनको लागि अनुरोध ।

२३)  प्रत्येक नेपाली नियोग कम्तिमा एक जना कानुनी सल्लाहकार नियुक्त गर्ने ।

२४)  श्रम सहचारी निकै निश्प्रभाबी रहेको र त्यसको ठाउमा उक्त खर्च ले ६/७ जना स्थानीय भाषाको ज्ञान भएका कर्मर्चारी भर्ना गरी उद्दार लगायत श्रमिक का समस्यहरु मा प्रभाबकारी रुपमा काम गर्ने ब्यबस्था मिलाउनको लागि अनुरोध ।

२५)  बैदेशिक रोजगार लाई सुरक्षित, मर्यादित, ब्यबस्थित गर्नको लागी परराष्ट्र, श्रम तथा यातायात, अर्थ, गृह, शिक्षा, कानुन मन्त्रालय बिचमा अन्तर निकाय बिशेष समन्वय को व्यवस्था हुनु पर्यो

२६)  समन्वयमा रहेको कमजोरीको कारण पिडित कामदारले उद्दार तथा न्याय पाउनमा धेरै जटिलता देखिएको हुँदा यसको व्यवस्थाको लागि पहल गरिदने ।

२७)  ठगि, अनिमियता र बढी शुल्क असुल्ने बैदेशिक रोजगार ब्यबसायीहरुलाई हदै सम्मको कारबाही को व्ववस्था लागु गर्ने ।

 यस भेटघाट कार्यक्रममा संघका उपाध्यक्ष टिवि कार्की, मध्यपूर्वका क्षेत्रीय संयोजक चन्द्र बहादुर रोकाहा, अमेरीकाजका क्षेत्रीय उपसंयोजक सोनाम लामा, अफ्रिकाकाका क्षेत्रीय उपसंयोजक एकनाथ खतिवडा, वैदेशिक रोजगारका संचारकर्मीहरु र सचिवालयको सहभागीता रहेको थियो ।