News

  • Home
  • News
  • गभर्नरसंग भेटघाटः

गभर्नरसंग भेटघाटः



२२ फेब्रुवरी २०१८ विहिवारका दिन गैरआवासीय नेपाली संघका उपाध्यक्ष सपीला राजभण्डारीको नेतृत्वको गैरआवासीय नेपालीहरुको एक टोलीले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवि नेपाल संग भेट गर्‍यो । सो भेटघाटका अवसरमा गैरआवासीय नेपाली संघको टोलीले संघले नेपालमा लगानी भित्र्याउन गरिएको पहलका विषयमा जानकारी गराउनुका साथै लगानी जुटाउन विशेष लगानी संयन्त्र (Special Purpose Vehicle) का लागि भईरहेको तयारीका बारेमा समेत अवत गरायो । टोलीले गैरआवासीय नेपालीहरुको लगानी प्रबर्द्धनका लागि लगानी भित्र्याउन सरकार र केन्द्रीय बैंकबाट संघले सहयोगि भूमिका अपेक्षा गरेको जानकारी गराउनु भयो ।

टोलिमा संलग्न सघका महासचिव डा. बद्री केसीले नेपाल सरकार युवा मन्त्रालय र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा भएको अन्तर्रष्ट्रिय युवा सम्मेलनको निस्कर्षको कार्यान्वयनको क्रममा आवासीय नेपालीहरुद्वारा युवा उद्यमशिलता प्रवर्द्धन गर्ने हेतुले स्थापना गर्न लागिएको र १४० भन्दा बढी गैरआवासीय नेपालीहरुको संलग्नता रहेको लघुवित्त संस्थाको दर्ता प्रकृया अगाडी बढाईदिने अनुरोध गर्नुका साथै सो सम्बन्धी पत्र पनि गभर्नरलाई हस्तान्तरणा गर्नु भयो ।

यसको प्रतिउत्तरमा गभर्नर नेपालले लघुवित्त संस्थाको दर्ता प्रकृया लगायत गैरआवासीय नेपालीहरुले गर्ने लगानीलाई सम्भव भए सम्म सहयोग गर्ने आश्वासन दिनुभयो ।

यस भेटघाट कार्यक्रममा नेपाल राष्ट्र बैकका अधिकारीहरु, महिला संयोजक रजनी प्रधान, सामाजिक उद्यमशिलता विकास उपसमितिका संयोजक लोकराज शर्मा र संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडीको सहभागीता रहेको थियो ।

गैरआवासीय नेपाली संघ सचिवालय ।