News

  • Home
  • News
  • परराष्ट्र सचिवसंग भेटघाटः

परराष्ट्र सचिवसंग भेटघाटः



आज २१ फेब्रुवरी २०१८ बुधवारका दिन गैरआवासीय नेपाली संघका महासचिव डा. बद्री केसीको नेतृत्वको एक टोलीले परराष्ट्र सचिव शंकरदास बैरागी संग भेट गर्‍यो । सो भेटघाटका दौरान डा केसीले अमेरीकामा बसोबासरत नेपालीहरुको अध्यागमन सम्बन्धी अस्थायी संरक्षणको व्यवस्था (TPS)  नवीकरणका लागि कुटनीतिक पहलका लागि अनुरोध गर्दै सो सम्बन्धमा लेखिएको पत्र पनि सचिव बैरागीलाई हस्तान्तरण गर्नु भयो । उहाँले विदेशमा नेपाली उत्पादनहरुको प्रबर्द्धनका लागि नियोग र गैरआवासीय नेपालीहरुले संयुक्त रुपमा पहल गर्नु पर्ने धारणा राख्दै यसमा नेपाल सरकारको सहयोगको लागि अनुरोध गर्नु भयो । यसका साथै उहाँले राष्ट्रिय समन्वय परिषादहरुले गर्ने कार्यक्रमका लागि सहयोग उपलब्ध गराउनुका साथै त्यहा कार्यरत कामदारलाई सरोकारका विषयहरुमा सहयोग गर्न सम्बन्धित दूतावासमा पहल गरिदिन हुन अनुरोध गर्नु भयो । साथै सम्बन्धित मुलुकमा दर्तामा पर्ने समस्या समाधानका लागि पहल गर्न अनुरोध गर्नु भयो । उहाँले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अरु गतिविधिहरु बारेमा पनि जानकारी गराउनु पनि भयो ।

भेटमा परराष्ट्र सचिव वैरागीले संघले उठाएका कुराहरुमा आफ्नो ध्यान रहेको र पररष्ट्र मन्त्रालयले आफ्नो तर्फबाट हुन सक्ने सहयोग उपलब्ध गराउने आश्वासन दिनु भयो । यस भेटघाट कार्यक्रममा महासचिव लगायत अमेरिकाज् का क्षेत्रीय संयोजक गौरीराज जोशी, संघका पूर्व युवा उपसंयोजक लोकराज शर्मा, गैरआवासीय नेपालीहरु रन्जन केसि, हरिबोल भण्डारी र संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडीको सहभागीता रहेको थियो ।

गैरआवासीय नेपाली संघ सचिवालय ।