Projects

NRNA Earthquake Response



 

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति (१७कार्तिक २०८० तदनुसार ३ नोभेम्बर २०२३) भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा राहत तथा उद्धारका लागि गैरआवासीय नेपाली संघको तर्फबाट  तत्कालका लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ ।   

अन्तर्राष्ट्रिय समन्वय परिषद्को आजको आकस्मिक बैठकले १० लाख रुपैयाँ तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने र बाँकी १ करोडको राहतका सामाग्री लिएर आजै प्रभावित स्थानमा जाने निर्णय भएको छ । अध्यक्ष डा बद्री केसीको संयोजकत्वमा राहत वितरण समिति गठन गरि पहिलो चरणमा जाजरकोट र रुकुम पश्चिमका ४०० परिवारका लागि प्रति परिवार रु १० हजारका दरले खाद्यन्न तथा लत्ताकपडा वितरण गरिनेछ ।   

राहत वितरण समितिमा अध्यक्ष डा. केसीसहित  महिला उपाध्यक्ष रोजिना प्रधान राईमहासचिव गौरीराज जोशीउपमहासचिव प्रविण गुरुङसचिव मनोज कुमार श्रेष्ठ (गोर्खाली)सहकोषाध्यक्ष अभिमन्यु बस्नेत र कृष्ण प्रसाद तिमल्सिनाएनसीसी बेल्जियमकी महासचिव रुबिना शर्मापूर्व आइसीसी सदस्य धर्मराज गिरिलोकराज शर्मा (डेनमार्क) विक्रम केसी(रसियासीता खतिवडा लगायत रहेका छन् । यस्तैकोषध्यक्ष सुदन थापाको संयोजकत्वमा सह कोषाध्यक्षहरु कृष्ण प्रसाद  तिमल्सिनाअभिमन्यू बस्नेततिलक प्रसाद गैरे र अमृता थापा (कञ्चन) रहने गरि राहत कोष संकलन समिति गठन गरिएको छ ।  

साथै संघका राष्ट्रिय समन्वय परिषद्लाई समेत राहत कार्यमा परिचालन गर्न उपाध्यक्ष तथा क्षेत्रीय संयोजकहरुलाई जिम्मेवारी तोकिएको छ । एसिया क्षेत्रको संयोजनको लागि रोबिन शेरचन र हरि भट्टराईअमेरिकाज क्षेत्रमा महासचिव गौरीराज जोशीडा केशव पौडेल र वेदराज बस्नेतअफ्रिका क्षेत्रमा रामशरण सिंखडा र पुष्पराज भट्टराई,  यूरोप क्षेत्रमा डा हेमराज शर्मा र डा चिरञ्जीवी खड्काओसियाना क्षेत्रमा डा विनोद श्रेष्ठ र दिनेश पोखरेल,  मध्यपूर्व क्षेत्रमा राज रेग्मी र राजेन्द्रकुमार अर्यालयुवा तथा महिला परिचालनका लागि रोशन थापासुपेन्द्र घिसिङरोजिना प्रधान राईटिका गुरुङ र अनुजा प्रधानलाई जिम्मेवारी तोकिएको हो ।   

संघको स्वास्थ्य समितिलाई परिचालन गरि नेपाल मेडिकल एशोसिएसनसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय भएको छ । चीनहङकङ लगायतका राष्ट्रिय समन्वय परिषद्बाट राहतका सामाग्री तथा आर्थिक सहयोगका  लागि सक्रियतापूर्वक काम सुरु भइसकेको छ ।  

संघले २४ घण्टे हटलाइन सेवा समेत सुरु गरेको छ । राहत तथा उद्धारका लागि इच्छुक एनसीसी तथा अन्य व्यक्तित्वले हटलाइन नम्बर ९७७÷९८०१८६११०१ मा सम्पर्क गर्न सक्नुहुन्छ । साथै राहतका सामाग्री तत्काल उपलब्ध गराउनुपर्ने स्थानका सम्बन्धमा समेत यसै हटलाइनमार्फत जानकारी गराउन सक्नुहुनेछ ।  थप सहयोगका लागि संघको सहायक निर्देशक बन्दना शर्मालाई सम्पर्क व्यक्तिको रुपमा तोकिएको छ ।  

साथैभूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा मानवीय सहयोग कार्यमा सहयोग गर्नको लागि संघको तलको खातामा यथाशिघ्र सक्दो आर्थिक सहयोग गरिदिई यस विपतमा सहयोग गरिदिन हुन सबैमा हार्दिक अनुरोध गर्दछौँ । 

Name                  :   NRNA Emergency Fund 

A/C No                 :    024010010000633 

Bank          :  Sanima Bank Limited   

Branch            :    Naxal, Kathmandu 

Swift                     : SNMANPKA 

 पुनश्च  गैरआवासीय नेपाली संघको नाम र लोगो प्रयोग गरी विभिन्न व्यक्तिको नामबाट अनधिकृत रुपमा आउने सूचना तथा राहत संकलनको अपिलप्रति सचेत रहनसमेत सम्बन्धित सबैमा हामी हार्दिक अनुरोध गर्दछौँ ।   

 

 
 
डा. बद्री के.सी.                                               गौरीराज जोशी  
अध्यक्ष                                                     महासचिव