Projects

NRNA Appeal- Nepal Flood & Landslide



सबैमा नमस्कार । 

यस हप्ताको आइतवार देखी हाल सम्म परेको अविरल वर्षाकाका कारण नेपालका पूर्वी तथा पश्चिमि भेगहरु प्रभावित भएका छन् । यसबाट ठूलो मात्रामा जन धनको क्षति भई हजारौं व्यक्तिहरु प्रभावित भएका छन् । यसबाट दिवगंत हुनु भएका व्यक्तिका परिवार प्रति गहिरो समवेदना प्रकट गर्दछौ । यस प्राकृतिक प्रकोपबाट बढी क्षती बेहोर्नु परेको कैलाली जिल्लाका अति प्रभावित परिवारहरुका लागि हाल नेपालमा रहनु भएका संघका पदाधिकारीहरु प्रत्यक्ष सहभागी भई राहत वितरण गर्ने योजना रहेको छ । 

गैरआवासीय नेपाली संघले मातृभूमीमा आइपरेको आपत विपतमा जहिले पनि सहयोग गर्दै आएको यहाँहरुलाई अवगत नै छ । तसर्थ यस मानवीय कार्यको लागि आफूले सक्दो सहयोग गर्न सम्पुर्ण राष्ट्रिय समन्वय परिषदहरु तथा गैरआवासीय नेपालीहरुमा हार्दिक अपिल गर्दछौ । सहयोग रकम तलको खातामा पठाइ सचिवालयलाई जानकारी गरउन हुन समेत अनुरोध गर्दछौ । 

  

Transfer to NRNA Emergency Fund Account  

Account No     :          024010510000034       

Beneficiary      :          NRNA Emergency Fund  

Bank                :          Sanima Bank Limited. 

Branch            :           Teku, Kathmandu 

Swift                :          SNMANPKA 

  

 कुमार पन्त 

अध्यक्ष