President Corners

  • Home
  • President Corners
  • सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न

सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न



गैरआवासीय नेपाली संघले आज सचिवालयमा आयोजित कार्यक्रममा  राष्ट्रिय आविष्कार केन्द्रलाई १२,८७,५८०.४८ (बाह्र लाख सतासी हजार पाँचसय असी रुपैयाँ अड्चालिस पैसा) को चेक हस्तान्तण गरेको छ । उक्त चेक गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनलाई हस्तान्तण गर्नुभयो । संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले स्वागत मनतब्य राख्दै विश्वभरका नेपालीहरुले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिरहेको जानकारी गराउनु भएको थियो ।

 

यसरी नै  डा. महावीर पुनले संघले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो । विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा नै जाने भएकोले त्यसको ५ प्रतिशत मात्र नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुनेदेशको राजस्व वृद्धि हुने र रोजगारीको सृजना हुने बताउनु भयो । राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई पालिकाप्रदेशमा खोलिनु पर्ने जोड दिनुभयो । त्यस्तै गैरआवासीय नेपाली संघले पनि आविस्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिहरूलाई प्लाटफर्म दिन सक्ने बताउनु भयो ।

 

कार्यक्रमको अन्त्यमा संघका कार्यकारी अध्यक्ष कुल आचार्यले विभिन्न अभियन्ताज्यूहरुबाट प्रतिबद्धता गरिएको रकम मध्ये संघको खातामा जम्मा भएको रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनु भयो । त्यस्तै विदेशमा सिकेको  ज्ञान, सीप र लागानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता ठाउँहरू उपयुक्त रहेको ठहर गर्दै संघले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको बताउनु भयो ।

 

यस कार्यक्रमको सञ्चालन गैरआवासीय नेपाली संघ युरोपका क्षेत्रीय संयोजक चिन्तामणी सापकोटाले गर्नु भएको थियो । कार्यक्रमा विभिन्न मुलुकबाट आउनु भएका आइसिसि तथा एनसिसिका प्रतिनिधिहरु, गैरआवासीय नेपालीहरु लगायत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

 

सचिवालय

गैरआवासीय नेपाली संघ ।