Activities

  • Home
  • Activities
  • देशमा आउन सक्ने आर्थिक संकट समाधानमा हातेमालो गर्न आइइएस को आकस्मिक बैठक सम्पन्न

देशमा आउन सक्ने आर्थिक संकट समाधानमा हातेमालो गर्न आइइएस को आकस्मिक बैठक सम्पन्न



सन् ११ अप्रिल २०२२ मा देशमा बिदेशी मुद्रा (डलर) को कमिलाई के कसरी समाधान गर्न सकिन्छ भनी आइएसको आकस्मिक बैठक संघका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षतामा र अन्य दुई अध्यक्ष डा बद्री केसि र रबिना थापाको उपस्थितिमामा बसि निम्न निर्णय गरेको छ ।

१ देशमा आइ परेको बिदेशी मुद्रा (डलर)को कमि लाई कसरि कम गर्न सकिन्छ भनेर आइसिसिले अर्थमन्त्री, राष्ट्रबैंकका कार्यवाहक गभर्नर, अर्थबिद्को उपस्थितिमा यहि १३ अप्रिल २०२२ मा जुम मार्फत एक अन्तर्कृया कार्यक्रम गर्ने ।

२ उक्त अन्तर्कृया कार्यक्रम मार्फत बिदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर एकाउन्ट खोल्न अनुरोध गर्ने र उक्त एकाउन्टमा कम्तीमा एक हजार डलर रकम सम्बन्धित देशको बैक मार्फत पठाउन अनुरोध गर्ने ।

३ बिदेशबाट अनलाइन मार्फत डलर एकाउन्ट खोल्दाआइ पर्ने प्राबिधिक समस्या, डलर सोझै पठाउदा, नेपालमा डलर एकाउन्ट खोलेर बचतमा रख्दा र आबश्यक परेको बेलामा उक्त रकम फिर्ता लग्दा देखिने समस्या लगायत अन्य गैर आवासीय नेपालीका लागि मौद्रिक निति भएका समस्याको बारेमा अध्यन गरि उक्त अन्तर्कृया कार्यक्रममा नेपाल सरकारका प्रतिनिधिलाई प्रस्तुत गर्न को लागि उपाध्यक्ष भूषण घिमिरेको नेतृत्वमा सबै उपाध्यक्ष रहने गरि एक कार्यदल निर्माण गरियो ।

४ दुई दिन भित्र कार्यक्रममा सबै राष्ट्रिय समन्वय परिषद मार्फत धेरै गैरआवासीय नेपालीहरुलाई कार्यक्रममा जोडन प्रचारप्रसारको लागि महासचिव द्वय गौरी राज जोशी र डा. केशव पौडेलको नेतृत्वमा सम्पुर्ण उपमहासचिव, सचिव, प्रबक्ता रहने गरि प्रचार प्रसार समिति निर्माण गरियो ।

५ कोषाध्यक्षहरुको नेतृत्वमा सबै सहकोषाध्यक्ष रहने गरि डलर एकाउन्ट खोल्नको लागि चाहिने कागज पत्र, प्रक्रिया र आर्थिक पक्षको अध्यन गरि सबै गैरआवासीय नेपाली लाई जानकारी गराउने र एकाउन्ट खोल्न सहजीकरण गर्ने निर्णय गरियो ।

 

प्रवक्ता सोम सापकोटा

प्रवक्ता शिव कुमार बरुवाल

गैरआवासीय नेपाली संघ