Activities

  • Home
  • Activities
  • कमैया मुक्त बालवालिकासंग एनआरएनए अध्यक्ष थापा

कमैया मुक्त बालवालिकासंग एनआरएनए अध्यक्ष थापा



धनगढि । गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले कमौया मुक्त बालबालिका समस्याका बारेमा छलफल गरेका छिन् । थापाले कन्चनपुरमा रहेको जनभावना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसंग भेटघाट गरेकी हुन् । भेटमा विद्यालयका प्राधानध्यापक पुष्प भट्टले बालबालिकाको गुणस्तरिय शिक्षाको लागि विद्यालयमा बिभिन्न समस्या रहेको बताउनु भयो । उहाँले ती विद्यार्थीहरुले भोगेका समस्याहरुको बारेमा जानकारी दिनुभयो ।
विहिवार भएको विद्यालय भ्रमणको क्रममा अध्यक्ष थापाले गैरआवासीय नेपाली संघले मुख्य रुपमा शिक्षा र स्वास्थ्यलाई प्राथामिकतामा राखेर गतिविधि संचालन गरेको बताउनुभयो । थापाले आगामी दिन बालबालिकाको शिक्षाको लागि आवश्यक सहयोग गर्न प्रतिबद्धता जनाउनु भयो ।
डोटीका भुकम्पबाट पिडितलाई एनआरएनएले ५ लाख सहयोग गर्ने
काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले डोटीमा भुकम्पबाट पिडितलाई ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याणहित अन्तरर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।
डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण डोटी जिल्लाको पूर्वीचौंकी गाउंपालिका वडा नम्बर ३ गैरागाउंमा ६ जनाको मृत्यु, ८ जना घाईत भएका छन् । २८ घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीले गराएको छ । ती मध्ये १४ घर पुर्ण क्षति भएका छन् ।
गैरआवासीय नेपाली संघले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।