News

  • Home
  • News
  • ह्वील चेयर हस्तान्तरण

ह्वील चेयर हस्तान्तरण



गैरआवासीय नेपाली संघको परोपकारी तथा मानवकल्याण हितका कार्य अन्तर्गत शारिरिक रुपमा हिडडुल गर्न नसक्ने व्यक्तिहरुको सहयोग लागी १० थान ह्वील चेयर गैरआवासीय नेपाली संघका मानार्थ परिषद सदस्य कपिल देव थापाले उक्त ह्वील चेयरहरु नेपाल ल्याउन भौतिक तथा आर्थिक सहयोग गर्ने एनसिसि जापानको अनुरोधमा एनसिसिका अध्यक्ष देवीलाल भण्डरीलाई हस्तान्तरण गर्नु भयो ।

 

एनसिसि जापानका अध्यक्ष श्री भण्डारीले १० थान ह्वील चेयर मध्ये एक थान बागलुङ निवासी श्री महेन्द्र बहादुर क्षेत्री र एक थान म्याग्दी निवासी श्री कृष्ण बहादुर घिमिरेको सहयोगको लागि उहांहरुका प्रतिनिधिहरुलाई आज सचिवालयमा हस्तान्तरण गर्नु भयो । उहांले बांकी ८ थान ह्वील चेयरहरु असहजताका कारण उपस्थित हुन नसक्नेहरुका घरदैलोमै पुर्‍याई सोको विवरण सचिवालयलाई उपलब्ध गराउने समेत जानकारी गराउनु भयो ।

यस कार्यक्रममा मोबेलिटि डिभाइसका प्रतिनिधि र सचिवालयका कार्यकारी निर्देशकको उपस्थिति रहेको थियो ।

 

सचिवालय

गैरआवासीय नेपाली संघ ।