News

  • Home
  • News
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसंग अन्तरक्रिया कार्यक्रमः

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसंग अन्तरक्रिया कार्यक्रमः



टोरोण्टो  जुन १४, २०१८ ।
नेपालको अन्तर्राष्ट्रिय उडड्यन केन्द्रको  स्तर उन्नति पश्चात   विश्व अन्तर्राष्ट्रिय नागरिक  उड्यन संस्था (ICAO) ले प्रदान गर्ने  स्तर उन्तिको प्रमाण पत्र ग्रहण गर्न  र एनआरएनए  अमेरिकाज् क्षेत्रमा हुन लागेको क्षेत्रीय  बौद्धिक भेलाको  अवसर  पारेर  क्यानाडाको भ्रमणमा आउनु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारिसंग गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् क्यानाडाले टोरन्टोको  भिक्टोरिया   पार्कमा  रहेको  मेसि स्क्यारमा एक बृहत अन्तरक्रिया  कार्यक्रमको योजना गर्‍यो । क्यानडाका  लागि नेपालका राजदुत  कालिप्रसाद  पोख्रेलको विशेष  आतित्थ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व  राष्ट्रिय समन्वय परिषद् क्यानाडाका  अध्यक्ष गोपी कृष्ण काफ्लेले  गर्नु भएको थियो । कार्यक्रममा लुम्बिनी विकास कोषका उप-संयोजकको पनि सहभागीता थियो ।
अन्तरक्रियामा क्यानाडामा नेपाल प्रबर्द्धन, नेपालका पर्यटकीय सम्भावनामा गैरआवासीय नेपाली संघको भूमिका जस्ता कुराहरुमा बृहत छलफल भएको थियो । यसै अवसर पारेर नेपालको  मौलिक बाजा  तथा कला संस्कृतिलाई विदेशमा पनि उत्तिकै  लगावाका साथ सम्बर्द्धनमा लागेको  नेपाली संस्था हिमालयन भाईब्स र राष्ट्रिय समन्वय परिषद् क्यानाडाको  संस्कृति  बिभागको  पहलमा बिशेष  सांगीतिक कार्यक्रम पनि प्रस्तुत  गरिएको थियो । राष्ट्रिय समन्वय परिषद् क्यानाडाका प्रवक्ता  रविन्द्र घिमिरेले  स्वागत  मन्तब्य  राख्नुभएको उक्त कार्यक्रमलाइ   राष्ट्रिय समन्वय परिषद् क्यानडाका  महासचिव  चिरन्जीवी  घिमिरेले  संचालन  गर्नु भएको थियो ।
राष्ट्रिय समन्वय परिषद्
क्यानडा ।