News

  • Home
  • News
  • संघद्वारा पशुपतिको वृद्धाश्रमा न्यानो कपडा वितरण

संघद्वारा पशुपतिको वृद्धाश्रमा न्यानो कपडा वितरण



१ डिसेम्बर २०२२ विहिबारको दिन गैरआवासीय नेपाली संघको परोपकारी कार्य अन्तर्गत संघका अध्यक्ष डा. बद्री केसीद्वारा समाज कल्याण केन्द्र पशुपति वृद्धाश्रममा रहनु भएका वृद्धहरुलाई न्यानो कपडा वितरण गर्नु भएको थियो । उक्त कार्यक्रममा संघका युवा संयोजक अब्दुल बसिद, प्रमुख कार्याकारी अधिकृत रवि किरण अधिकारी, अधिकृत कुनाल मिश्रा, समाज कल्याण केन्द्र पशुपति वृद्धाश्रमका प्रमुख ओम प्रसाद पाण्डे र पिजन ईन्जीनियरिंगका नेपालका निर्देशक रामकृष्ण चौलागाईका साथै पत्रकारहरु तथा आश्रमका कर्मचारीहरुको उपस्थिति रहेको थियो । यस कार्यका लागि संघका उपाध्यक्ष आरके शर्माज्यूले आफ्नो जन्म दिनको अवसरमा आर्थिक सहयोग गर्नु भएको थियो ।

समाज कल्याण केन्द्र पशुपति वृद्धाश्रमका प्रमुख ओम प्रसाद पाण्डेज्यूले स्वागत मन्तव्य राख्दै यस परोपका कार्यको लागि संघलाई धन्यबाद व्यक्त गर्नु भएको थियो । यस कार्यक्रमले आश्रम र संघको विच एक पुलको काम गर्ने आशय राख्नु भएको थियो । त्यस आश्रममा एउटा भेटघाट स्थल निर्माण र स्वास्थ्य सेवालाई सबलीकरणमा संघले टेवा पुर्याउनु बिश्वाश व्यक्त गर्नुभएको थियो । संघको तर्फबाट आफ्नो मन्तब्य राख्दै अध्यक्ष डा. बद्री के.सी.ज्यूले नेपालमा संघ परोपकारी कामले गर्दा नै प्रख्यात रहेको र संघले आफ्नो स्थापना कल देखि नै पशुपति क्षेत्रमा काम गर्दै आएको बताउनु भयो । यसैगरी उहाँले उपाध्यक्ष आरके शर्माज्यूले आफ्नो जन्मदिनको अवसरमा न्यानो कपडा वितरण संघको परोपकारी परियोजनाको छातामुनी आयोजना गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । संघले पशुपति क्षेत्रमा एक सुबिधा सम्पन्न सय सैयाको आधुनिक वृद्धाश्रम निर्माणको लागि प्रयत्नशिल रहेको र जग्गा प्राप्त हुनासाथ निर्माण अगाडी बढाउने कुरा व्यक्त गर्नु भएको थियो ।

 

औपचारिक कार्यक्रम सके लगतै ९४ जना वृद्ध आमा बुबाहरु र १४ कर्मचरीहरुलाई न्यानो कपडा वितरण गर्नु भएको थियो । यस कार्यक्रमले वृद्ध आमाबुबाहरु एकदमै खुशी हुनुहुन्थ्यो ।

 

 

गैरआवासीय नेपाली संघ ।