News

  • Home
  • News
  • श्रद्धाञ्जली कार्यक्रम

श्रद्धाञ्जली कार्यक्रम



१८ अक्टोवर २०२२

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ।

चितवनको टाँडीस्थित जोशी निवासमा संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसीसहित अन्य पदाधिकारी पुगेर जोशीको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अपर्ण गरेका हुन्।

अध्यक्ष केसीले जोशीको निधनले सिंगो एनआरएनएनाई दुःखी तुल्याएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे।

‘गौरीजी जस्तो सामाजिक व्यक्तित्वलाई उहाँले जन्माउनु भयो। एनआरएनएको अभियानमा इटा थप्न उहाँको पनि भूमिका छ। उहाँको आमाले पुर्‍याएको योगदान गैरआवासीय नेपालीले सधैँ सम्झिरहने छ,’ उहाँले भन्नु भयो ।

स्वास्थमा समस्या आएपछि चितवन मेडिकल कलेजमा भर्ना गरिएकी जोशीको ७२ वर्षको उमेरमा उपचारका क्रममा गत बिहीवार निधन भएको थियो।

परिवारजनका अनुसार उनी विगत एक दशकयता श्वासप्रश्वाससम्बन्धि रोगबाट ग्रसित थिइन्।

जोशीका ४ छोरा र १ छोरी छन्। जेठा छोराबाहेक अन्य सबै जना अमेरिकामा बस्छन्। संघका महासचिव गौरीराज माइला छोरा हुन् ।

अध्यक्ष डा. केसीसहित केन्द्रीय उपाध्यक्ष महेश श्रेष्ठ, युवा उपाध्यक्ष रोशन थापा, उपमहासचिव गणेश केसी, सचिव खगेन्द्र न्यौपाने, कोषाध्यक्ष लोकप्रसाद दाहाल, एसिया प्यासिफिक क्षेत्रीय सचिव प्रदीप न्यौपाने, हङकङका अध्यक्ष गोकर्ण ढकाल र सचिवालयका प्रमुख रवीकिरण अधिकारी लगायत श्रद्धान्जली कार्यक्रममा उपस्थित थिए ।