News

  • Home
  • News
  • लुम्बिनीको प्रचारप्रसारमा एनआरएनएले सहकार्य गर्ने

लुम्बिनीको प्रचारप्रसारमा एनआरएनएले सहकार्य गर्ने



गौतमबुद्द जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार र पर्यटन प्रवर्दनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सहकार्य गर्ने भएको छ ।

शान्तिका लागि बुद्दको मार्गदर्शन र शान्ति सन्देश विश्वभर लाउन एनआरएनएले लुम्बिनी साँस्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका,  देवदह नगरपालिका, रामग्राम नगरपालिकासँग सहकार्य गर्ने भएको  हो । यसका लागि  एनआरएन अध्यक्ष डा. बद्री केसीले समझदारी र सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् । लुम्बिनी र बुद्द परिपथको अन्तरष्ट्रीय स्तरमा प्रचारप्रसार,पर्यटन प्रवर्द्धन र विकासका लागी लुम्बिनी साँस्कृतिक नगरपालिका,  कपिलवस्तु नगरपालिका,  देवदह नगरपालिका, रामग्राम नगारपालिका र गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, लुम्बिनी होटल संघ लुम्बिनीबीच सोमबार समन्य बैठक बसेको थियो । 

लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख सजरुद्दिन  मुसलमानको अध्यक्षतामा बसेको बैठकमा  कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेलको एनआरएनए अध्यक्ष डा. केसी, उपाध्यक्ष रोजिना प्रधान, उपमहासचिव सोम सापकोटा, सचिव टिका गुरुङ, युरोपका पुर्व सयोजक सन्तोष भटराई, ट्रायाभिलिटी कर्पोरेशनका सस्थापक आर्यन बास्तोला र प्रतिक्षा केसी लगायतको  सहभागीता थियो ।

 

त्यसैगरि बैठकमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर उपप्रमुख कल्पना हरिजन,प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवाली,  लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली, लुम्बिनी होटल संघका उपाध्यक्ष शेखर कार्की, सदस्य एकराज कडेल,  लुम्बिनी साँस्कृतिक नगरपालिकाका लेखा अधिकृत रामचन्द्र अर्याल, समन्वय शाखा प्रमुख तुलसीराम लामिछाने,  प्रशासन शाखा पमुख शोभखर पौडेल, जिन्सी शाखा प्रमुख पुष्पा पोख्रेल, सामाजिक विकास शाखा प्रमुख फणिन्द्र पाल, समाजसेवी शिवानन्दन हरिजन, लुम्बिनी बिकास मन्चका उपाध्यक्ष राहुल गौतमलगायतको उपस्थिति थियो ।

लुम्बिनी र बुद्द परिपथको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न र पर्यटन  प्रवर्दन गर्न अन्तराष्ट्रिय स्तरमा समन्वय एवम् सहजिकरणका लागी एनआरएनए आईसीसी उपमहासचिव सोम सापकोटालाई अन्तराष्ट्रिय समन्वयकर्तामा मनोनयन गरिएको छ ।