News

  • Home
  • News
  • लन्डनमा एनआरएनए तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु

लन्डनमा एनआरएनए तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु



लन्डन । शनिबार यहाँस्थित नेपाली दूतावासमा तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको औपचारिक शुरुवात गरिएको छ।

बेलायतका लागि नेपाली राजदूत लोक दर्शन रेग्मी तथा स्वास्थ्य राज्य मंत्री उमेश श्रेष्ठले नेपालबाट संयुक्तरुपमा उद्घाटन गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्य मंत्री श्रेष्ठले कोरोना महामारीको शुरु देखि नै नेपाल र नेपालीलाई सघाएकोमा गैर आवासीय नेपाली संघ तथा संसार भरिरहेका नेपाली चिकित्साकर्मीहरुलाई धन्यवाद दिनु भयो ।

उहाँले नेपाल सरकारले जोखिममा रहेका सबै जनतालाई खोप पुराउने कामलाई सर्वोच्च प्राथमिकता दिएको जनाउनु भयो ।

सम्मेलनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले विदेशका रहेका नेपालीहरूमा प्रशस्त सम्भना रहेको बताउँदै गैरआवासीय नेपाली संघको अभियानमा जोडिएर सकृय हुन आग्रह गर्नु भयो । शर्माले संघ कोरोना महामारीमा बिदेशमा अलपत्रमा परेका नेपालीहरूको उद्धारमा खटिएको बताउनु भयो ।

एनआरएनए स्वास्थ्य समितिका सभापति डा. सञ्जीव सापकोटाले यो सम्मेलन नेपाल बाहिर आयोजना गरिएको स्वास्थ्य सम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताउनु भयो । उहाँले सम्मेलनमा नेपाल र नेपाल बाहिर बस्ने आम नेपालीहरुको स्वास्थ्यका बारेमा छलफल हुने जानकारी दिनु भयो । महामारीको बेलामा नेपालीहरुको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीन दिने सम्मेलन केन्द्रित रहने उहाँले जानकारी दिनु भयो ।

उहाँले सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र पेश हुने तथा ५० भन्दा बढी कार्यशाला सन्चालन गरी समूहगत छलफल हुने जानकारी दिनु भयो ।

नेपालका लागि ब्रिटिश राजदूत निकोल पोलिटले ब्रिटेन ले नेपालको स्वास्थ्य सेवा लाई बलियो बनाउन लामो समय देखि सघाउदै आएको बताउनु भयो ।। उहाँले कोभिड १९ संग जुध्न ब्रिटेनले नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।

उहाँले सबै जनतालाई खोप पुराउन तथा कोभिड १९ संग जुध्न नेपाल सरकारले गरिरहेको काममा सघाउन अन्तर्राष्ट्रिय समुदाय तयार रहेको पनि बताउनु भयो ।
सम्मेलनको सहआयोजक एनआरएनए एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले सम्मेलनकै क्रममा आइतबार भूतपूर्व गोर्खा लगायत नेपाली समुदायको स्वास्थ्य परिक्षण तथा च्यारिटी डिनर आयोजना गरिएको जानकारी दिनु भयो ।
सम्मेलनका लागि यूके संयोजक डा. सुनील साहले हामीले यो महामारीबाट के सिक्यौं, अब के गर्नुपर्छ भन्ने विषयमा छलफल भै रहेको बारे बताउनु भयो ।
कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, नेपाल नर्सिङ्ग संघकी अध्यक्ष प्रा मन कुमारी राई, (वायल कलेज अफ सर्जन्स एडिनबराका प्राध्यापक माइकेल ग्रीफिन, (वायल कलेज अफ नर्सिङ्गकी उपाध्यक्ष ट्रेसी बडिंग, शेफिल्ड विश्वविद्यालायका प्राध्यापक एन्ड्रयु लि लगायतका वक्ताले शुभकामना दिएका थिए।
सम्मेलनको वैज्ञानिक समितिका सभापति प्रा पदम सिम्खडा तथा डा बोधराज सुबेदीले सम्मेलनको कार्यक्रम पुस्तिका सार्वजनिक गरेका थिए। त्यस्तै डा एलिनी सुवेदी पोखरेलले संघको स्वास्थ्य समितिले भारतमा संचालन गरेको कार्यक्रमबारे जानकारी दिनु भयो ।
कार्यक्रमको संचालन आयोजक समिति सदस्य प्रसुना कँडेलले गर्नुभएको थियो भने लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले सबै सहभागीहरुलाई स्वागत गर्नु भएको थियो ।
१७ सेप्टेम्बर शुक्रबार बिहान भर्चुएल माध्यमबाट शुरु भएको सम्मेलन १९ सेप्टेम्बर आइतबार साँझ लण्डन घोषणापत्र जारी गर्दै समापन हुने छ ।

स्वास्थ्य समिति
गैरआवासीय नेपाली संघ ।