News

  • Home
  • News
  • राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा एन्आरएन बोर्डका अध्यक्ष संग भेट ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा एन्आरएन बोर्डका अध्यक्ष संग भेट ।



मिति २२ अक्टोवरका दिन गैरआवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष कुमार पन्तको नेतृत्वमा संघका पदाधिकारीहरुले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा एनआरएन बोर्डका अध्यक्ष माननीय पुष्प राज कंडेल संग भट गर्नु भयो ।
उपाध्यक्ष माननीय पुष्प राज कंडेलले संघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको लागी शुभकामना दिंदै बिभिन्न कठिनाईहरुका बावजुत पनि सफल रुपमा निर्वाचन सम्पन्न गराई नयां नेतृत्व चयन गर्न सफल भएकोमा एनआरएन बोर्डको अध्यक्षको रुपमा आफू निकै खुशी तथा गौरवान्नवित भएको महशूस भएको वाताउनू भयो ।
उहाले राष्ट्रिय योजना आयोगले केहि पहिला मात्र १५ औं राष्ट्रिय योजना तयार पारेको बताउदै त्यस योजनामा सम्वाहक तथा सहयोगी शक्तीको रुपमा गैरआवासीय नेपालीहरु र नेपालको ख्यातिलाई पहिचान गरी आवश्यक सहकार्य र सहयोगको वातावरण बनाउन आयोग कटिवद्ध रहेको औंल्याउदै गैरआवासी नेपालीहरुलाई उपयुक्त भूमिका प्रदान गर्ने र त्यसका लागी आवश्यक बातावरण तयार गर्न आयोग तयार रहेको जानकारी दिनु भयो ।
आयोगका उपाध्यक्षले Nepal Policy Institute (NPI) गरी केहि सहकार्यहरु भईरहेको र यसको अगुवाई परराष्ट्र मन्त्रालयले गरिरहेको जानकारी गराउनु भयो । उहाले संघ संग छलफल गरी कस्तो प्रकारको र कसरी सहकार्य गर्न सकिन्छ भनि एउटा मार्ग चित्र तयार पार्न सुझाव राख्दै बिज्ञता हासिल गरेका गैरआवासीय नेपालीहरुलाई पनि एउटा मापदण्ड तयार गरी करारमा नियुक्ती दिन समेत आयोगको सोच रहेका जनाउनु भयो ।
सो अवसरमा संघका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपालीहरुले हासिल गरेका ज्ञान तथा सिप नेपालको सम्वृद्धिमा परिचालन गर्ने उदेश्य अनुरुप संघले 1st NRN Global Knowledge Conference आयोजना गरेको र यसलाई निरन्तरता दिने तथा संघले नेपाल सरकार संग सम्झौता गरी गैरआवासीय नेपालीहरु मार्फत १० अरब भन्दा माथिको लगानी योग्य पूँजी नेपाल भित्र्याउन आवश्यक पहलहरु गरिरहेको वताउनु भयो । उहाले हालै सम्पन्न गैरआवासीय नेपाली संघको निर्वाचमा देखिएको राजनीतिक हस्तक्षेपबाट संघलाई मुक्त गर्न अव उप्रान्त गैरआवासीय नेपालीहरु बसोबास गर्ने देशबाटै विद्युतिय प्रणलीमार्फत निर्वाचनको व्यवस्था मिलाउने समेत जानकारी गराउनु भयो ।
संघका प्रतिनिधिहरुले विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरुको लगाव नेपाल प्रति बढाउन उनीहरुलाई नेपालमै आई Internship गर्ने व्यवस्थाको लागी सहजिकरण गरिदिन गरेको अनुरोधको सरहाना गर्दै यस प्रति के गर्न सकिन्छ भनि अध्ययन गर्न आयोग तयार रहेको उपध्यक्षले वताउनु भयो ।
भेटघाट कार्यक्रममा संघका उपध्यक्ष अर्जुन कुमार श्रेष्ठ र सोनाम लामा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठका साथै प्रमुख कार्यकारी अधिकृतको सहभागीता रहेको थियो ।
गैरआवासीय नेपाली संघ सचिवालय,
काठमाण्डौं ।