News

  • Home
  • News
  • चितवन उद्योग संघले आयोजना गरेको परिचयात्मक एवम् औद्योगिक प्रबर्द्धन विषयको छलफल कार्यक्रममा सहभागीता

चितवन उद्योग संघले आयोजना गरेको परिचयात्मक एवम् औद्योगिक प्रबर्द्धन विषयको छलफल कार्यक्रममा सहभागीता



चितवन उद्योग संघद्वारा आयोजना गरिएको परिचयात्मक एवम् औधोगिक प्रवर्द्धन विषयकछलफल कार्यक्रममा सहभागीता जनाएको थियो ।  कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कडेलले गैरआवासीय नेपालीहरुलाई नेपालमा उद्योग र प्रविधि संग जोडिन आग्रह गर्नु भयो । उहाँले ४२ करोडको परियोजनामा १५ करोड सरकारबाट प्राप्त भएको जानकारी दिदै सहकार्य गर्न अनुरोध गर्दै चितवनको विकासमा सहयोग गर्नको लागि आह्वान गर्नु भयो । साथै उहाँले गैरआवासीय नेपालीहरुले चितवनमा लगानी गर्न चाहेमा ठाउँ उपलब्ध गराउने बताउनु भयो । साथै उहाँले विदेश गएका युवाहरुलाई नेपालमा आएर व्यवसाय गर्न आग्रह गर्नु भयो । उहाँले ५ विघामा औद्योगिक पाठशाला चलाउने योजना रहेको बताउँदै समग्र रुपमा संघले गरेका गतिविधिहरु माथि प्रकाश पार्नु भएको थियो ।

सफा उर्जा उत्पादन प्रालीका प्रतिनिधिले चितवन जिल्लामा फोहर व्यवस्थापन गर्नको लागि अभियान चलाईरहेको जानकारी दिनु भएको थियो । तरकारी बजारसंग मिलेर Pilot Project संचालन गरिरहेको र अर्को चरणमा नगरपालिका भित्रको सम्पूर्ण फोहर व्यवस्थापन गर्ने योजना रहेको बताउनु भयो । साथै उहाँले फोहरबाट जैविक मल तयार गर्ने र सोको लागि सहयोग गर्न आग्रह गर्नु भयो ।

यसरी नै संघका बरिष्ठ उध्यक्ष सुर्य प्रसाद न्यौंपानेले औद्योगिक क्षेत्रमा कुनै एक परियोजना संचालन गर्न र गैरआवासीय नेपालीहरुले विदेशमा आर्जन गरेका सीप, प्रविधि तथा पूँजीलाई यस क्षेत्रमा प्रयोग गरी सहयोग गर्न आग्रह समेत गर्नु भयो । साथै उहाँले रसीया भ्रमणको अनुभव बारेमा पनि जानकारी गराउनु भयो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपालीहरु रहरले होईन बाध्यताले विदेश गएको बताउनु भयो । गैरआवासीय नेपालीहरुले विदेश गई पसिना काटेर  खरबौ रुपैयाँ नेपाल भित्र्याएको जानकारी गराउनु भयो । विदेशमा पनि सुःख छैन र नेपालमा पनि सामाजिक समस्याहरु देखापरेका छन् । वैदेशिक रोजगारमा गएर हजारौं श्रमिकहरु अंग भंग भएको बताउनु भयो । यी सबै कुरा मुलुक समृद्ध नभएर हो मुलुक समृद्ध नभए सम्म हामीले विदेशमा जति कमाए पनि केही हुदैन । हामीलाई आफ्नो देशको मायाँ छ भन्दै विदेशमा आर्जन गरेको ज्ञान सीप र पूँजीको प्रयोग गरि नेपालमा अत्यधिक मात्रमा लगानी भित्र्याउने र संघ नेपालको आर्थिक विकास गर्नको लागि सदैव तयार रहेको बताउदै एउटा संस्थागत सम्झौता गरेर सकार्य गर्नको लागी आग्रह गर्नु भयो । कार्यक्रममा संघका प्रतिनिधिहरुलाई मायाको चिनो तथा पुस्तिका प्रदान गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष डा. बद्री केसी सहित उपाध्यक्ष महेश श्रेष्ठ, युवा उपाध्यक्ष रोशन थापा, उपमहासचिव गणेश केसी, सचिव खगेन्द्र न्यौपाने, कोषाध्यक्ष लोकप्रसाद दाहाल, प्रवक्ता सोम सापकोटा, एसिया प्यासिफिक क्षेत्रीय सचिव प्रदीप न्यौपाने, हङकङका अध्यक्ष गोकर्ण ढकाल र सचिवालयका प्रमुख रवि किरण अधिकारी लगायतको उपस्थित रहेको थियो ।