News

  • Home
  • News
  • एनआरएनए र पोखरा महानगरपालिकाबीच सार्वजनिक शौचालय तथा चमेना गृह निमार्णको लागि सम्झौता ४ जनवरी २०२३

एनआरएनए र पोखरा महानगरपालिकाबीच सार्वजनिक शौचालय तथा चमेना गृह निमार्णको लागि सम्झौता ४ जनवरी २०२३



कास्की । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पोखरा महानगरपालिकास्थित महेन्द्र पुलमा अत्याधुनिक स्मार्ट सार्वजनिक शौचालय निमार्ण गर्ने भएको छ ।

सो शौचालयमा निमार्णको लागि गैरआवासीय नेपाली संघ र पोखरा महानगरपालिकाबीच बुधवार द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रविना थापाका अनुसार  

अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि सो सम्झौता गरिएको हो ।

संघको आर्थिक सहयोगमा सम्पन्न हुने सो परियोजनाको सम्झौतामा संघकी कार्यकारी अध्यक्ष रविना थापा र पोखरा महानगरपालिका प्रमुख वीच हस्ताक्षर भयो ।

पत्रमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृहको निर्माण सम्पन्न गरी सकेपछि उपयुक्त ठाउँमा गैरआवासीय नेपाली संघको लोगो सहितको झण्डा राखिने,  अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृहको निर्माण सम्पन्न गरी सकेपछि उक्त शौचालय र चमेनागृह  महानगरपालिकाले  संचालन गर्ने छ ।

 

यस सम्झौता हस्ताक्षर समारोहमा  एनआरएनए उपाध्यक्ष जयप्रकाश गुरुङ, पोखरा महानगरपालिकाका पदाधिकारीहरु गैरआवासीय नेपाली संघ युएसएका आजिवन सदस्य तथा अभियान्ता नारायण थापा लगायतको विशेष उपस्थिती थियो ।    यस कार्यको लागि संघका प्रमुख कार्यकारी अधिकृत र पोखरा नगरपालिकका कार्यालय प्रमुखले समन्वय गर्नु हुने छ ।