News

  • Home
  • News
  • एनआरएनएद्वारा जाजरकोटमा न्यानो पोशाक वितरण

एनआरएनएद्वारा जाजरकोटमा न्यानो पोशाक वितरण



काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जाजरकोटका भूकम्प पीडितको लागि न्यानो कपडा वितरण गरेको छ । संघले गत फाल्गुन १४ गते कुसे गाउँपालिकाका तीन विद्यालयका विद्यार्थीहरुको लागि  कपडा तथा टोपी हस्तान्तरण गरेको हो । गैरआवसीय नेपाली संघका प्रतिनिधिहरु निरोज महर्जन र निरोज देउलाको विषेश उपस्थितिमा श्री भगवती आवासीय विद्यालय, कुसे गाउँपालिका जाजरकोटमा १२७ थान न्यानो पोशाक र १२७ थान टोपी सहयोग गरेको हो । 
 यस्तै संघले श्री विरेन्द्र आवासीय विद्यालय, कुसे गाउँपालिका जाजरकोटमा ६७ थान न्यानो पोशाक, ६७ थान टोपी वितरण गरेको छ । श्री जन कल्याण आवासीय विद्यालय, कुसे गाउँपालिका जाजरकोटमा पनि १५६ थान न्यानो पोशाक, १५६ थान टोपी हस्तान्तरण गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रमा वडा अध्यक्ष मन बहादुर सिंह, वडा सदस्य कदर सिंह र संयोजक राधिका शर्मा, इन्द्र बहादुर सिंह लगायत विद्यालय शिक्षकहरुको सहभागिता थियो । 
यसअघि गैरआवासीय नेपाली संघले जाजरकोट र पश्चिम रुकुममा गत नोभेम्बर पहिलो साता गएको भूकम्पबाट पीडितका लागि राहत  हस्तान्तरण तथा स्वास्थ्य शिविर संचालन गरेको थियो ।